अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय 'याक अट्याक', सुरु  (फोटोसहित )

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय 'याक अट्याक', सुरु  (फोटोसहित )

बेसीसहर : अन्नपूर्ण पदमार्गमा अन्तराष्ट्रिय साइकलिङ रेस 'याक अट्याक' सोमबारदेखि सुरु भएको छ। यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक हो।

उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको 'याक अट्याक २०१८' साइकल दौड प्रतियोगिता लमजुङको बेसीसहरबाट सुरु भएको हो। याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको यो १२ औं संस्करण हो। प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखाहुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो। 'याक अट्याक २०१८' को १२ औँ संस्करण कूल ७ दिनको हुनेछ। प्रतियोगीले दुई दिन थकाई मेटाउने छन्। ५ दिन साइकल दौडाउने छन्।

प्रतियोगीले समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने छन्। साकलिङममा नेपालसहित १५ देशका ३४ प्रतियोगी सहभागी छन्। प्रतियोगिताका निर्देशक अजय पण्डित क्षेत्रीकाअनुसार ५ हजार अमेरिकी डलरको पुरस्कार छ। पुरुष र महिला विजेता दुवैलाई बराबरी पुरस्कार रहेको उनले बताए।

पहिलो हुनेलाई १ हजार २ सय ५० डलर, दोस्रोलाई ७ सय ५० डलर र तेस्रोलाई ५ सय डलर पुरस्कार, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने भएको छ । पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन्। मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ। बेलायती फिल इभान्सको आयोजना र माउण्टेन बाइक कम्पनीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो। 

यसअघि पाँचपटकसम्म विजेता बनेका अजयका अनुसार 'हाइ अल्टिच्युट' मा नेपालीहरुको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडीले उठाउँदै आएका छन् । यसपटकको प्रतियोगितामा बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, हङ्गेरी, फ्रान्स, अष्ट्रिया, जापान, मलेसिया, सिंगापूर, क्यानडा, अमेरिका, डेनमार्क र नेपालका प्रतियोगी सहभागी छन् । प्रतियोगितामा भाग लिन विदेशीले प्रतिव्यक्ति ४ हजार डलर र नेपालीले प्रतिव्यक्ति ३ सय डलर जम्मा गरेको अजयले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको बताए। नगरपालिकाले पञ्चेबाजा बजाएर प्रतियोगिलाई स्वागत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.