धमाधम स्थानीय तहका केन्द्र परिर्वतन

धमाधम स्थानीय तहका केन्द्र परिर्वतन

काठमाडौं : गाउँसभा र नगरसभामा प्रस्तावै नलगी स्थानीय तहले केन्द्र परिर्वतन गरेका छन् । सात सय ५३ तहमध्ये ६६ गाउँपालिका र नगरले स्थानीय तह पुनर्संरचना आयोगले तोकेभन्दा अन्तै मुकाम सारेका हुन् ।

पुनर्संरचना आयोगले भौगोलिक अवस्थिति र स्थानीयको सुविधालगायत अध्ययन गरेर स्थानीय तह पुनःसंरचना गरेको थियो । जनप्रतिनिधिले आफ्नो राजनीतिक शक्ति तथा स्वार्थ देखाउन केन्द्र बदल्न थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए ।

मन्त्रालय स्रोतका अनुसार जनप्रतिनिधिले निजी एवं राजनीतिक स्वार्थमा केन्द्र परिर्वतन गरेका हुन् । केन्द्र परिवर्तनलाई लिएर विवाद समेत सिर्जना भएको मन्त्रालयको भनाइ छ । ‘केन्द्रमा स्थानीय तहका मुख्य कार्यालयहरू रहने भएकाले सबैको चासो रहन्छ । तर स्थानीयको भावना र जनमत नलिई धमाधम केन्द्र परिर्वतन गर्ने क्रम बढेका कारण विवाद चुलिँदो छ,’ ती उच्च अधिकारीले भने ।

कहाँ-कहाँ  फेरिए केन्द्र ?

इलामको सन्दुकपुर गाउँपालिकाको केन्द्र वडा ३ माबुभोड देउरालीमा सारिएको छ । सुनसरीको भोक्राहा गाउँपालिकाको केन्द्र चिरौली चोक कायम भएको छ । त्यसैगरी खोटाङमा लामिडाँडा गाउँपालिकाको केन्द्र खार्पामा थियो । अहिले कुभिण्डेको हरम्टार पुर्‍याइएको छ । साकेला गाउँपालिकाको केन्द्र मातिमबाट वडा ४ स्थित मानेभञ्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचौरबाट बाघखोर भञ्ज्याङ सारिएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र काब्रेमा थियो । अहिले वडा ६ को पाँडुडाँडामा केन्द्र कायम भएको छ । रामेछापको लिखु गाउँपालिकाको केन्द्र बिजुलीकोटबाट चित्रे चौतारो, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र किउलबाट बाहुन ढोडेनी कायम गरिएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाको केन्द्र ढाँडखर्क भञ्ज्याङ, महाभारत गाउँपालिकाको बनखुचौरबाट देविटार कायम गरिएको छ । मकवानपुरमा बागमती गाउँपालिकाको बनखुचौर केन्द्र देवीटारमा सारिएको छ । सोही जिल्लाको बकैया गाउँपालिकाको छतिवन गाउँपालिकाको कार्यालय हात्तीसुँढे र मनहरी गाउँमापालिकोको कार्यालय रजैयामा कायम गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालय कुरिनार सारिएको छ । धादिङको नेत्रावती गाउँपालिकाको केन्द्र तिखाढुंगाबाट सेमजोङ सारिएको छ । नुवाकोटको मेघाङ गाउँपालिकाको केन्द्र देउरालीबाट मानेब्ले पुर्‍याइएको छ । रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र गोल्जुङ बेसी कायम गरिएको छ ।

मनाङको डिस्याङ गाउँपालिकाको केन्द्र नेस्याङ ४ हुम्डे र नर्पा भूमि गाउँपालिकाको केन्द्र च्याँखु कायम गरिएको छ । म्यादीमा रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँट, धवलागिरी गाउँपालिकाको केन्द्र मुनाबाट सातमुले घट्टेखोला र अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट पोखरेबगर सारिएको छ ।

गोरखाको भिमसेनथापा गाउँपालिकाको केन्द्र बगुवाबाट मसेल घ्याम्पेसाल, गोरखाकै धार्चे गाउँपालिकाको केन्द्र गुम्दाबाट माछिखोला सारिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछाप कायम भएको छ ।

स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र जगत्रदेवी गुठीबाट गल्याङबार सारिएको छ । त्यस्तै रोल्पा दुईखोली गाउँपालिकाको केन्द्र राङकोटबाट पुल्लाचौर पुर्‍याइएको छ भने सल्यानको कुमाख गाउँपालिकाको मर्मपारिडाँडामा रहेको केन्द्रलाई रागेचौर कायम गरिएको छ । सल्यानकै सिद्धकुमाख गाउँपालिकाको केन्द्र ढोरचौर र दर्मा गाउँपालिकाको केन्द्र फारुलाचौर कायम गरिएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरूबाट सिमुतु खारानेटा पुर्‍याइएको छ । जाजरकोटमा कुशे गाउँपालिकाको केन्द्र बाटुल्लेबाट थुपु भार्मा, नलगाड नगरपालिकाको केन्द्र खगेनकोट मन्मैबाट दल्ली सारिएको छ । डोल्पाको मुड्केचुला गाउँपालिकाको केन्द्र नर्कुबाट ईलनिलदह कायम भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र मुचुबाट याल्वांग कायम भएको छ ।

बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी कायम भएको छ । बझाङको साइपाला गाउँपालिकाको केन्द्र काँडा पुर्‍याइएको छ । दार्जुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट होपरी गाड सारिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र मेमेङबाट थोक्लिम्बा कायम गरिएको छ । झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र जलथलबाट धनुष पोखरी पुर्‍याइएको छ । भोजपुरको टेम्केमैयुङको केन्द्र अन्नपूर्ण सारिएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाकोकेन्द्र बासाबाट खास्ताप सारिएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र सीतापुर सारिएको छ भने राजगढ गाउँपालिकाको बेल्ही चपेना केन्द्र नर्खाेमा कायम गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केन्द्र झनझने पुर्‍याइएको छ ।

नुवाकोट पञ्चकन्या गाउँपालिकाको मोठ भञ्जाङ केन्द्र लाकुरी भञ्ज्याङ कायम गरिएको छ । मकवानपुर राक्सिराङ्ग गाउँपालिकाको राक्सिराङ्ग केन्द्र चैनपुर पुर्‍याइएको छ । लमजुङको दूधपोखरी गाउँपालिकाको केन्द्र लेवरचोक तोकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र माछापोखरीमा कायम गरिएको छ ।

पर्वतको जलजला गाउँपालिकाको माझफाँट केन्द्र लामाखेतमा सारिएको छ भने गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र हर्दिनेताको चोएगामा कायम भएको छ । गुल्मीकै धुर्काेट गाउँपालिकाको केन्द्र भने बर्बाेट कायम भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपलिकाको केन्द्र गजेडीबाट व्यहोरीमा सारिएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिकाको केन्द्र बुड्ढी कायम गरिएको छ । अर्घाखाँचीको पाणिनी गाउँमालिकाको केन्द्र भने दुर्गाफाँट तोकिएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको केन्द्र मिझिङबाट सुनिलचौर कायम गरिएको छ । रोल्पाकै गंगादेव गाउँपालिकाको केन्द्र जिनावाङबाट सानाडाँडा सारिएको छ । रुकुमको पूर्वको भूमे गाउँपालिकाको केन्द्र खाबाङबगर तोकिएको छ ।

दाङको बबई गाउँपालिकाको केन्द्र हापुरे कायम भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको केन्द्र अगैया पुर्‍याइएको छ भने बैजनाथ गाउँपालिकाको केन्द्र रामपुरमा तोकिएको छ । दैलेखको महावु गाउँपालिकाको केन्द्र गौडाबाजामा कायम गरिएको छ ।

जाजरकोट बोरेकोट गाउँपालिकाको केन्द्र लिम्सा सारिएको छ भने डोल्पाको ठूलो भेरी नगरपालिकाको केन्द्र जुफालमा कायम गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिकाको केन्द्र कालेखोला कुकाटिया कायम भएको छ । बाजुरा गौमुल गाउँपालिकाको केन्द्र मानाकोटबाट घटमुनामा सारिएको छ भने स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुइजिउला वाई तोकिएको छ ।

डोटीको सायल गाउँपालिकाको केन्द्र डौडबाट दुलिाडा ओमनगरमा सारिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सपल्ला बान्चोरा पुर्‍याइएको छ भने बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा कायम भएको छ । पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र हरिहरपुर विर्ता कायम गरिएको छ । त्यस्तै दार्जुला लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सारिएको छ । पर्साको विन्धवासिनी गाउँपालिकाको केन्द्र प्रसौनीभाठामा पुर्‍याइएको छ । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेववेशीमा कायम गरिएको छ । पर्वतको मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजारमा सारिएको छ ।

यस्तो छ कानुनी प्रावधान 

स्थानीय सरकार सञ्चालन ऐनको दफा ४ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्रसम्बन्धी व्यवस्था छ । उपदफा ३ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिर्वतन गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित प्रस्ताव प्रदेशमार्फत सरकारमा पठाउनु पर्ने प्रावधान छ । प्रस्ताव उपयुक्त लागेमा सरकारले गाउँपालिका र नगरपालिकाको नाम परिर्वतन गर्न सक्छ ।

गाउँपालिका र नगरपालिकाको निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित गरेर एक पटकको लागि गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न केन्द्र सरकारलाई सिफारिस गरेमा सो सिफारिस बमोजिम नाम र केन्द्र परिर्वतन गर्नुपर्ने व्यवस्था छ । सभाले सम्बन्धित वडाको सिफारिसमा देहायका आधारमा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्ने छ ।

यसरी केन्द्र तोक्दा भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधाको वितरणको अवस्था तथा सुगमता र विद्यमान भौतिक पूर्वाधार समेत ख्याल गर्नु पर्ने ऐनले स्पष्ट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.