थापा र राणाबीच डेढ घण्टा वार्ता : राप्रपा एकता टुंगोमा पुर्‍याउने सहमति

थापा र राणाबीच डेढ घण्टा वार्ता : राप्रपा एकता टुंगोमा पुर्‍याउने सहमति

काठमाडौं : पटकपटक जुटेर फुटेका राप्रपाबीच पुनः एकताका लागि पहल भएको छ। राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार एकताकै सन्दर्भमा भेटवार्ता भएको हो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस नोटमा दुई पार्टीबीच 'एकता गर्ने सन्दर्भमा अध्यक्षहरूबीच महत्त्वपूर्ण भेटघाट र वार्ता भएको' जनाइएको छ। राणाको निवास महाराजगञ्जमा बिहान ८ बजेदेखि भएको वार्ता साढे ९ बजेसम्म चलेको थियो।

'देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार' दुई नेताबीच भेटघाट र वार्ता भएको प्रेस नोटमा जनाइएको छ, 'एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ, एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन वार्ता जारी रहनेछ।'

अन्तिम पटक २०७३ मंसिर ५ मा राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो। तर ८ महिना नहुँदै २०७४ साउन २२ मा थापा र राणा फुटे । राणाले अध्यक्ष थापाको व्यवहारमाथि असन्तुष्टि देखाएर पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) नामक नयाँ पार्टी बनाउने निर्णय गरे भने कमल थापाले राप्रपाको 'ब्रान्ड' हात पारे।

जुटफुटको राजनीति

२०४७ सालमा पूर्वपञ्चहरूको पार्टी गठन हुने प्रक्रियामै कुरा नमिलेपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा छुट्टाछुट्टै पार्टी गठन भयो। जुट्ने र फुट्ने प्रक्रिया अहिलेसम्म जारी छ। २०४९ सालमा दुई राप्रपा एक भए र, एकीकृत पार्टीको अध्यक्ष सूर्यबहादुर थापा बने।

२०५३ सालमा चन्दलाई हटाएर थापा आफैंले सरकारको नेतृत्व सम्हाले। थापा प्रधानमन्त्री हुँदा राप्रपा विभाजन भयो । २०५४ सालमा वीरगन्जमा सम्पन्न दोस्रो केन्द्रीय महाधिवेशनबाट राप्रपामा विभाजित भएको थियो।

पहिलो एकीकरणको भएको ७ वर्षपछि र विभाजनको तीन वर्षपछि राप्रपा २०५६ सालमा पुनः एकीकृत भयो। तर, असन्तुष्ट पक्षलाई उत्कर्षमा पुर्‍याउँदै राप्रपा नेता राजेश्वर देवकोटाले राप्रपा (राष्ट्रवादी) लाई जीवित राखे।

२०५६ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पुनः राप्रपा फुट्यो। लोकेन्द्रबहादुर चन्दले राप्रपा फुटाएर राप्रपा (राष्ट्रवादी) गठन गरे।

२०६२ पुस २६ गते महामन्त्री कमल थापाले राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरे। २०६७ मा सुरु भएको राप्रपा–राजपाबीचको एकता २०७० जेठमा मात्र टुंगो लाग्यो। जसका कारण पशुपतिशमसेर राणा र सूर्यबहादुर थापा पुनः एकै ठाउँमा आइपुगे। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राखियो।

२०७३ मंसिर ५ पशुपति शमशेर र कमल थापा नेतृत्वको राप्रपाबीच एकता भयो र पार्टीको नाम राप्रपा राखियो। तर राणाले अध्यक्ष थापाको व्यवहारमाथि असन्तुष्टि देखाएर पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) नामक नयाँ पार्टी बनाउने निर्णय गरेपछि पार्टी विभाजन भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.