अफगानी पाइलटले अमेरिकी सैनिकपत्निलाई पठाए भावुक पत्र

अफगानी पाइलटले अमेरिकी सैनिकपत्निलाई पठाए भावुक पत्र

वासिङटन : अफगानी एक पाइलटले अफगानिस्तानमा एक अमेरिकी सैनिक कमान्डर मारिएपछि उनकी श्रीमति र सात सन्तानलाई सम्बोधन गर्दै भावुक पत्र पठाएका छन् ।

मेजर ब्रेन्ट टेलर नाम गरेका अमेरिकी सैनिक अधिकारी अफगानिस्तानमा त्यहाँ कमान्डो तालिम दिने क्रममा गत साता आन्तरिक हमलामा मारिएका थिए । ३९ वर्षे टेलर गत शनिबार काबुलमा हतियारधारी समूहको हमलामा मारिएका थिए ।

यस घटनापछि अफगानी पाइलट मेजर अब्दुल रहमान रहमानीले ती अमेरिकी अधिकारीकी श्रीमति र सात जना सन्तानलाई सम्बोधन गर्दै चिठी पठाएका हुन् । जब कि, पाइलट मेजरले टेलरलाई दुई फरक मिसनमा उँडाइसकेका थिए ।

‘तिम्रो पतिको मृत्युमा अधिकांश अफगानीहरुले गहिरो दुख र चरम पीडा महसुश गरेको जानकारी गराउन चाहन्छु,’ पाइलट रहमानीले लेखेका छन्, ‘जब तिमी हाम्रो देश र उनको वलिदानीको बारेमा सोच्छौ, म तिम्रो दुख अथवा पति गुमाउनुको पीडा सोच्न पनि सक्दिन । तर कृपया हिंसात्मक घटनाले तिम्रा पतिको ज्यान लिएको कुरालाई हाम्रो प्रतिनिधि घटना वा अमेरिकीहरुबारे हामी अफगानीहरुको धारणाको रुपमा नलिइदेउ !’

पत्रमा अफगान मेजरले ३० वर्षको अवधिमा आफ्नो परिवारका ८ सदस्य गुमाउनु परेको पनि स्मरण गराएका छन् । सैनिक जासुस टेलरले भने आगामी जनवरीमै मिसन सकेर आफ्नी श्रीमति र सन्तानको साथ फर्कने अपेक्षा गरेका थिए ।

रहमानीले टेलरकी पत्नि जेन्नीलाई सार्वजनिक रुपमै पत्र लेखेपछि उक्त पत्र टेलरका ज्वाईँले जेन्नीसमक्ष पुर्याइदिएका थिए । हाल अफगानिस्तानमा ‘नाटो’ सहयोगार्थ १४ हजार अमेरिकी सेना अफगानी सैनिकलाई तालिम दिन तैनाथ छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.