लमजुङको अलैँचीमा भुटानको चासो

लमजुङको अलैँचीमा भुटानको चासो

बेसीशहर : भुटानको कृषि मन्त्रालयका वैज्ञानिकसहित अधिकृत तथा प्राविधिकले लमजुङका अलैंची खेती बगान भ्रमण गरी खेती र तयारी अलैंचीबारे चासो देखाएका छन् ।

भुटानमा पहाडी भूभागका सेपिलो जमिनमा अलैंची खेती गरिएको भन्दै लमजुङमा पनि त्यसको सम्भावना हुनसक्ने प्राविधिक टोलीको बुझाइ छ । उनीहरुका अनुसार भुटानमा १० वर्षअघिदेखि अलैंची खेती गरिएको हो । भुटानका कृषि वैज्ञानिक र प्राविधिकसम्मिलित टोलीले लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाको अलैंची बगान अवलोकन गरेर फर्किएका छन् । छिनखोलामा ५२ घरधुरीले २० हेक्टर हाराहारी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् ।

भुटान सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रका वैज्ञानिक पेमा युटेनको नेतृत्वमा १४ अधिकारीले लमजुङमा फल्दै गरेको अलैंचीबारे चासो दिइन् । युटेनका अनुसार नेपाल र भुटानको अलैंची खेती, टिप्ने, सुकाउने तरिका फरक पाएको बताइन् ।

‘हामीले अलैंची बिरुवाको गाँज छुटयाएर खेती गर्दै आएका छौं । यो परम्परागत रहेको नेपाल आएपछि थाहा पाएँ’, युटेनले भनिन्, ‘अब नर्सरी स्थापना गरेर अलैंची लगाउँछौँ ।’ नर्सरीको बिरुवा खेती गर्दा रोग नलाग्ने, धेरै समय टिक्ने, फल राम्रो हुने भएकाले यसबाट राम्रो उत्पादन र गुणस्तरीय अलैंची निस्कने ज्ञान पाएको उनले बताइन् ।

उनले नेपालमा अलैंचीको बगानदेखि फलसम्म सबै गुणस्तरीय भएको पनि सुनाइन् । ‘हामी अझै पुरानै प्रविधिको भट्टीमा अलैंची सुकाउँछौँ’, उनले भनिन्, ‘यहाँ आधुनिक भट्टीको प्रयोगले अलैंचीको गुणस्तर राम्रो पायौँ ।’

भुटानमा गोलसाई, रामसाई र भर्लांगे जातका अलैंची लगाउने गरिएको छ । डम्मरसाई, साउने र जिर्मले जातको अलैंचीबारे नेपाल आएपछि थाहा पाएको उनीहरूले बताए ।

भारत र सिक्किमबाट अलैंचीको गाँज छुटयाएर अलैंची खेती गर्न थालिएको हो  । तीन वटै जात (गोलसाई, रामसाई, भर्लांगे) एकै ठाउँमा लगाउँदा राम्रो नभएको कृषि अनुसन्धान केन्द्रका अधिकृत जिग्मी सिंगेले बताए ।

भुटानीसँगै ताप्लेजुङका अलैंची कृषक, व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा कर्मचारीले समेत लमजुङको अलैंचीबारीको भ्रमण गरेका थिए । ताप्लेजुङका अलैंची कृषक मंगलसिंह केदेम लिम्बुले लमजुङबाट अलैंची खेतीमा धेरै ज्ञान भएको बताए ।

अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले भुटानी टोलीको भ्रमणले यहाँको अलैंची निर्यातमा टेवा पुग्ने बताए । तामाङसहितको टोली गतवर्ष भुटानमा अलैंची निर्यातका लागि बजार बुझ्न गएको थियो । हाल नेपालको अलैंची भारतमा मात्र बिक्री हुने गरेको छ । अलैंची निर्यातमा भारतको भर पर्नुपर्दा मुल्यमा उतारचडाव हुने गरेको किसानहरु बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) का वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाले लमजुङको अलैंचीमा केही सुखद पक्ष भित्रिएको बताए । उनकाअनुसार जिल्लामा ६ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको अलैचीले उत्पादन दिएको छ । जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरीएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.