राति देउसी खेल्न रोक
नुवाकोट : नुवाकोटमा रातको समयमा देउसी खेल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले तिहारमा राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको हो।
कार्यालयले तिहार पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन सर्वसाधारणलाई आह्वान गर्दै यस्तो अनुरोध गरेको हो।
प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटकालगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न सार्वजनिक सूचना जारी गरेको छ।
सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी खेल्न र नखेलाउन, मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजेसम्म मात्र गर्न अनुरोध गरिएको छ।