माथिको आदेश भन्दै केही घण्टाअघि परीक्षा रोकियो

माथिको आदेश भन्दै केही घण्टाअघि परीक्षा रोकियो

राजविराज : सप्तरीको एक माध्यमिक विद्यालयमा मंगलबार हुने भनिएको मावि शिक्षकको परीक्षा एकाएक रोकिएको छ। 

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित ठाकुरजी उच्च मावि बकधुवा जण्डौलका प्रधानाध्यापक चन्द्रदेव चौधरीले सूचना प्रकाशित गरी परीक्षा रोकेका हुन्। अर्को सूचना नहुञ्जेल परीक्षा स्थगित गरिएको प्रअ चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

विद्यालयले २०७४ पुस २४ मा प्रकाशित गरेको विज्ञापन अनुसार नेपाली शिक्षक करार सेवामा एक र  अंग्रेजी शिक्षक राहत दरबन्दीमा एक गरी जम्मा दुई जनाको नियुक्तिका लागि मंगलबार लिखित परीक्षा तोकिएको थियो। 

सार्वजनिक सूचना गरी निर्धारण गरिएको परीक्षाकै दिन एकाएक रोक्नु गैरकानुनी तथा सार्वजनिकहित विपरितको कार्य भएको र ठूलो आर्थिक चलखेल र जालझेल गरेर आफ्नो मान्छे नियुक्ती गर्ने प्रपञ्च भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन्।

चौधरीले परीक्षाको तयारीमै रहेको बेला एकाएक माथिको आदेश आएपछि परीक्षा रोक्न बाध्य भएको जानकारी दिए। जिल्ला शिक्षा समन्वय समिति एकाईका प्रमुख शंकरराज लुइटेलले आवश्यक प्रक्रिया नपुगेकाले परीक्षा रोकिएको स्वीकार गरे। ‘परीक्षाका लागि शिक्षा कार्यालयको प्रतिनिधि तथा विषय विज्ञलाई नबोलाइएको तथा गाउँपालिकालाई समेत जानकारी नदिइएकाले आवश्यक सम्पूर्ण प्रक्रिया पुर्‍याएर कार्य गर्ने गरी हाललाई स्थगित भएको हो।’


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.