डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन् : स्थापित

डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन् : स्थापित

काठमाडौं : प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन्। आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको स्थापितको दाबी छ। 

‘हाम्रोमा पार्टीभित्र गुट छ। मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो। सभामुखमा पनि दाबी गरेको हो। अहिलेका डोरमणिको दाबी थिएन्। बरु अष्टलक्ष्मीको दाबी थियो। मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन्। उहाँको हैसियत नै त्यही हो’,  उनले भने, ‘त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो। हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो। तर, आज दम्भ देखाउने ?’ 

स्थापितले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्।  उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन्। 

‘ललितपुरको भैसेँपाटीमा पौडेलको सयन कक्ष छ। उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको लगानीमा सञ्चालित छ। त्यही भैंसेपाटीको घरमा उहाँले रसपान गर्नुहुन्छ’, उनले भने, ‘यो कुरा मैले सुनेको हो। तर, त्यो रसपान के हो ? मलाई थाहा छैन्।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनका लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोपसमेत लगाए। 

‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ र परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन्’, उनले प्रश्न गर्दै भने, ‘मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन्।’ 

स्थापितले यो विषयलाई आफूहरुले संसद खुल्ने बित्तिकै जोडदारसँग राख्ने बताए। 

स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्।   ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?’ 

फरक प्रसँगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको प्रतिक्रिया दिए । ‘मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो बनाउँछु । कफी मिठो बनाउँछु । जसले मलाई हिंसा गर्यो भनेर आरोप लगाउनुभएको छ, उहाँ पुरानो पत्रकार भन्नुहुन्छ’, स्थापितले भने, ‘१५ वर्ष पहिले यो घट्ना घटेको भन्नुभयो । अस्ति फेरि ६ वर्ष पहिले भन्नुभयो ।’

उनले आफूलाई गलत आरोप लगाउनेविरुद्ध मानहानी मुद्दा हाल्नेसमेत बताए । ‘मलाई रश्मिला प्रजापातिले आरोप लगाउनु भएको छ । अब मानहानी हाल्छु ।  मैले कानुनी सल्लाहकारसँग सल्लाह गरिसकेको छु’, उनले भने, ‘मेरो मानहानी मात्रै भएको छैन । धेरै कुरा भएको छ । तिहारपछि म कानुनी उपचारमा जान्छु ।’
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.