प्रचण्डको स्वीकारोक्ति : नेपालमा त कर्मचारीले नेतालाई आफूजस्तै बनाइदिन्छ !
पाेखरा : नेकपा अध्यक्ष पुष्पकमल दााहल ‘प्रचण्ड’ ले कर्मचारीकै कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुँदै आएको आरोप लगाएका छन् ।
विकसित मुलुकको प्रसंग कोट्याउँदै उनले अन्तर्राष्ट्रिय समुदायमा राजनीतिक परिवर्तनसँगै पुराना कर्मचारीको नेतृत्वलाई पूरै हटाएर नयाँ नेतृत्व ल्याएने, नेपालमा भने त्यसको उल्टो ब्यूरोक्रेसीले नै राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउने गरेको बताए ।
प्रेस सेन्टर र प्रेस चाैतारीकाे अायाेजनामा पाेखरामा भएकाे पत्रकार भेटघाटकाे शिलशिलामा उनले यस्ताे बताएका हुन् । प्रचन्डले भनेका छन्, ‘नेपालमा त ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउँछ र नयाँ प्रणाली असफल बनाउँछ ।’ यस्तै राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनले बताए ।
कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि प्रचण्डको जिकिर छ । साथै संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलेको उनको भनाइ थियो ।