ओलीले किन काम गर्न सकेनन् ? यो रहस्यमय छ

ओलीले किन काम गर्न सकेनन् ? यो रहस्यमय छ

काठमाडौं : राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । 

‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन’, उनले भने, ‘दुईतिहाइको यत्रो शक्तिशाली सरकार छ, तर पनि अलमलिएको छ ।’

रिपोर्टर्स क्लब नेपालले गरेको देउसी–भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले यस्तो बताएका हुन् । ‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन । यो कुरा रहस्यमय छ’, उनले भने, ‘दक्ष टिम नभएर हो वा अरु के कारणले हो मलाई थाहा छैन, तर सरकारले काम गर्न सकेन ।’

अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे । उनले भने,‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन् ।’ 

हिन्दूस्तानमा भाउ नबढेको तर नेपालमा ह्वात्तै बढेको भन्दै उनले सरकारले महँगी नियन्त्रण गर्न पनि नसकेको आरोप लगाए ।

‘त्यतिमात्रै होइन, सरकारले जनतालाई करको ठूलो बोझ बोकाएको छ । अब सरकारले जनतालाई सेवा प्रवाह गर्ने गरि आफूलाई ड्राईभ गर्नुपर्छ । प्रधानमन्त्री ओलीजीले त्यता ध्यान दिनुपर्छ’, उनले भने । 
उनले प्रधानमन्त्री ओलीलाई अब बोलेका कुरा पूरा गराएरै छोड्छु भनेर अठोटका साथ लागिपर्न पनि सुझाव दिए । 

फरक प्रसँगमा उनले अब तीन वटै राप्रपा एक हुनेगरि छलफल अघि बढाईएको पनि जानकारी दिए । ‘हामीबीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी छ । तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला भएको छैन’, राणाले भने, ‘लोहनीजीसँग मेरो हिजो धेरै राम्रो कुराकानी भएको छ ।’

उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने बताए । ‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँटपनि छ’, राणाले जिकिर गर्दै भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.