नेता महतको दाबी : समृद्धि कसरी आउँछ भन्ने कांग्रेसलाई मात्रै थाहा छ

नेता महतको दाबी : समृद्धि कसरी आउँछ भन्ने कांग्रेसलाई मात्रै थाहा छ

काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढी गफ गरिरहेको आरोप लगाए । ‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्न त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं’, उनले भने । 

वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकारलाई असफलताको संज्ञा दिए । उनले भने, ‘ओली सरकारले दुईतिहाइको महत्व बुझ्न सकेन । सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन ।’

उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसले काम गरेर जनताको मन जित्छ । समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।’

उनले सबै जनताको घरदैलामा समृद्धिको पाइला पुगोस भन्दै तिहारको शुभकामना दिए । ‘कांग्रेस लोकतन्त्रमा आधार रहेर अग्रसर हुन्छ’, महतले भने, ‘बिपीले भने जस्तो सबै नेपालीलाई समृद्ध बनाउन चाहन्छौं । विपक्षमा रहेरपनि हामी नडगमगाई आफ्नो भूमिका निर्वाह गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.