शंखधर साख्वा न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

शंखधर साख्वा न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक,राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन्।  नेपाल संवत्को नयाँ बर्ष  ११३९ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

प्रधानमन्त्री ओलीले शाख्वाकै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको बताएका छन्। शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।

 प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी सन्दर्भ भएकाे बताएका छन्। 'शंखधर शाख्वाः ले ११३९ वर्ष अघि ऋणमा बाँधिएका गरीब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यहीँ बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक बर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावनाको बारेमा बताउदै आएको छ' प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

ओलीले नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्न समेत यो संवतले हामीलाई झक्झक्याउदै आएको बताएका छन् । शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.