शिक्षक सेवा आयोगको वेबसाइट ह्याक

शिक्षक सेवा आयोगको वेबसाइट ह्याक

काठमाडौँ : शिक्षक सेवा आयोगको वेबसाइट टिएससी डट जिओभी डट एनपी ह्याक  भएको छ। तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो । 

बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएर एउटा सन्देश छाडिएको अवस्थामा पाइएको छ । विशेष गरी सुरक्षामा लापरबाही गरिँदा नेपाल सरकारका वेबसाइटमाथि ह्याकरले निशाना बनाउँदै आएका छन् । 

वेबसाइट ह्याकरको निशानामा परेकोबारेमा शिक्षक सेवा  आयोगका अधिकारीहरूलार्इ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

ह्याक गरिएको वेबसाइटमा 'ह्याक्ड बाइ एक्स ड्यास एम थ्री एन्' लेखिएको छ। यो साइटमा Anonymous Philippines - C0D3X Cyber Army - BloodSecurity International - Global Security Hackers PureHackers - Pinoy Lulzsec - Anonymous X-Protocol - Pinoy Vendetta Copyrights - 2018 लेखेर छाडिएको छ । ह्याक गरिएपछि आयोगको साइटको अग्रपृष्ठमा एउटा तस्बिर राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.