'केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ'

'केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ'

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् । 

'उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन', गुरूङले भने, 'कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ  ।'

बुधबार राति रिपोर्टर्स क्लब नेपालले गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् । 

'ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । उहाँले गरेको कामको म उच्च मूल्याङ्कन गर्छु', प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने, 'विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ, यसमा ओली सफल हुनुपर्छ ।'

त्यस्तै उनले वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्री विष्टले व्यवस्थित् गर्ने काम गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । 'मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन्', गुरूङले भने, 'तर, उहाँले गरेर देखाउनुभयो । मैलेभन्दा राम्रो काम उहाँले गर्नुभयो ।'

कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने उनले विश्वास दिलाए । 'अब अनेकता पनि एकतामा परिणत हुन्छ । गुट उपगुट अन्त्य हुन्छ ', उनले भने, 'सभापति देउवाजी र बरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ । यसमा कुनै शंका छैन । मुलुक समृद्धितर्फ बढिरहेको छ । अब हाम्रो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.