सर्लाहीमा दुई बालकको मृत्यु

सर्लाहीमा दुई बालकको मृत्यु

सर्लाही : सर्लाहीको मलङ्गवमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । दीपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो। 

त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। 

छड प्रहार गरी हत्या

हेटाैडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ। गएराति हेटाैंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.