ओलीलाई खनालको सुझाव : यसरी हुँदैन, गति बढाउनुस्, बेगिलो बन्नुस्

ओलीलाई खनालको सुझाव : यसरी हुँदैन, गति बढाउनुस्, बेगिलो बन्नुस्

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्न पनि आफ्नो गति र बेग बढाउनुपर्ने सुझाव दिएका छन् । 

रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा पत्रकारहरूसँग बिहीबार संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । मुलुकमा अब विकास र समृद्धि हुने कुरामा शङ्का नगर्न खनालले आग्रह गरे । 

'विकास र समृद्धि सम्भव छ । देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, सङ्घर्षको युगलाई, हडतालको युग पार गरेर यहाँसम्म आएका छौँ । नयाँ संविधान बनायौँ । संविधानबमोजिम निर्वाचन गर्‍यौँ,' खनालले भने, 'अहिले तीन तहको सरकार निर्माण गरेका छौँ । तीनै तहका सरकारका मुख्य काम मुलुकको विकास गर्ने हो । आर्थिक रूपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।'

समृद्धिका पाइला भर्खर भर्खरै चल्न थालेको र ती पाइलाहरूमा अझै वेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने,'अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौँ ।'

अहिले देश र जनताले चाँडोभन्दा चाँडो विकास र समृद्धि चाहेको उनले सुनाए  । 'सिङ्गो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस् भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौँ । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौँ । विभिन्न किसिमका बेरोजगारी छन् । ती समस्या हल गर्नुपर्छ । परनिर्भरता बाट हामी मुक्त हुन चाहन्छौँ', खनालले थपे, 'विभिन्न किसिमका रोग, व्याध छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरू ल्याओस् भन्ने जनचाहना छ ।' 

खनालले सरकारको अहिलेको गति चित्त बुझ्दो नभएको पनि जिकिर गरे । 'जनचाहनाअनुसार काम गर्न र समृद्धि हासिल गर्न यो सरकारले अझै बेगका साथ काम गर्नुपर्छ', उनले थपे, 'अहिलेको गतिले पुग्दैन । त्यो भन्दा तीव्र गतिले अघि बढ्नुपर्छ । अझै तीव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भने मात्रै युगले यो सरकारलाई बोकाएको दायित्व पूरा गर्न सकिन्छ ।'

अहिले नेकपाभित्र नीति निष्ठ, सिद्धान्त निष्ठ, विचार निष्ठ, लक्ष्य निष्ठ एकताको आवश्यकता पनि उनले औँल्याए । 'नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिबिचमा बृहत् एकताको आवश्यकता छ । सिङ्गो राष्ट्रमा एकताको आवश्यकता छ', उनले अगाडि जोड दिए, 'एकतावद्ध भएर गयौँ भने मात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकता पनि एकता हो । र, तेस्रो आवश्यकता पनि एकता हो ।'

कम्युनिस्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै उनले यसलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने उनले बताए । खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए । 'एकता गर्ने कुराहरूमा ढिलाइ भइरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो', उनले भने, 'तर, ६ महिना पार हुँदा पनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।'

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डले जे भन्यो त्यही हुने भएकाले तपाईँहरूको भूमिका त छैन नि ? भन्ने प्रश्नमा उनले भने, 'हो, साँचो कुरा के हो भने कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्न सक्छ । सिङ्गो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ । सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौँ भने समाज अगाडि बढ्न सक्दैन । एउटा व्यक्ति मात्रै सर्व ज्ञ हुनै सक्दैन । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनै सक्दैन । ज्ञान धेरैतिर छरिएको हुन्छ । हो, त्यो छरिएको ज्ञानलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.