कलाकारले के दिन्छन् भाइटीकामा उपहार

कलाकारले के दिन्छन् भाइटीकामा उपहार

विपिन कार्की, अभिनेता

अघिल्लो तिहारमा दिदीलाई मोबाइल फोन किनिदिएको थिएँ। उहाँ निकै खुशी हुनुभएको थियो। काका बित्नुभएकाले यसपालि तिहार मनाइँदैन। तिहार नमनाए पनि दिदीलाई उपहार चाहिँ दिन्छु। उहाँलाई मन पर्ने कुरा किनिदिनेछु। 

पशुपति शर्मा, गायक

हाम्रोमादिदीलाई ढोगेर पैसा दिने चलन छ। मैले पनि दिदीको खुट्टा ढोगेर पैसा नै दिने गरेको छु। उपहार खासै किन्दिनँ।

कुमार कट्टेल, कलाकार

दिदीबहिनीलाई धेरैजसोलुगालत्ता नै उपहारमा दिन्छु। कहिलेकाहीँ उनीहरूलाई सोधेर चाहिएको सामान किनिदिन्छु भने कहिले आफूलाई मन पर्ने सामान  उपहारमा दिन्छु। कहिलेकाहीँ सप्राइज पनि दिने गरेको छु। यसपालि दिदीबहिनीलाई सानोठूलो जस्तो भए नि सुनको गहना बनाइदिने सोचमा छु। 

कमलमणि नेपाल, कलाकार
मैले टीका लगाएर दिदीबहिनीलाई पैसा नै दिन गरेको छु। पैसा दिँदा उनीहरूले चाहेको कुरा किन्न पाउँछन्। 

जेबी डिसी, कलाकार

हाम्रोतिर दिदीबहिनीलाई लुगा र पैसा दिने चलन छ। यसपालि भाइटीकामा लुगा र पैसा उपहारमा दिनेछु।

एकनारायण भण्डारी, गायक

गत वर्ष बहिनीलाई कुर्तासुरुवालसँग दक्षिणा दिएको थिएँ। यो वर्ष बहिनीलाई सोधेर उनलाई चाहिएको सामान किनिदिने सोचेमा छु।

सुजित थापा, कलाकार

पोहोरसम्म दुवै दिदीलाई भाइटीकाको उपहारस्वरूप पैसा दिन्थँे। यसपालि चाहिँ जिन्सी उपहार दिने इच्छा छ। उनीहरूलाई काम लाग्ने र भाइलाई सम्झिरहने केही सामान किनिदिनेछु।भरसक सुनको गहना उपहार दिनेछु। 

मञ्जु पौडेल, कलाकार

अघिल्लो तिहारमा दुवै भाइबाट पैसा,घडी,कुर्ता पाएकी थिएँ। एउटा भाइले घडी किनिदिएको थियो भने अर्कोले मलाई मन परेको कुर्ता। मैले भाइहरूलाई सुटप्यान्ट उपहार दिएकी थिएँ।यसवर्ष उनीहरूलाई सोधेर चाहिएको सामान किनिदिनेछु। 

रक्षा क्षेष्ठ, कलाकार

गत भाइटीकामा दक्षिणा पाएकी थिएँ। मैले चाहिँ दाइका लागि टिसर्ट किनिदिएकी थिएँ। यसपालि दाइले औँठी बनाइदिनुभएको छ। जो मैले तिहारअघि नै लगाइसकेँ। मैले दाइका लागि घडी किन्ने प्लान बनाएकी छु। 

महिमा सिलवाल, कलाकार

अघिल्लो साल तिहारमा भाइलाई ब्लेजर दिएकी थिएँ। उसले मलाई जिन्स र टिसर्ट उपहार दिएको थियो। यो वर्ष भाइलाई मन पर्ने ब्रान्डको घडी उपहार दिने सोच छ। 

सिर्जु अधिकारी, कलाकार

गत वर्षको तिहारमा कुर्तासुरुवाल उपहार पाएकी थिएँ। मैले ढाका टोपी अनि स्वेटर उपहार दिएकी थिएँ। यसपालि तिहारमा भाइलाई सुहाउने ज्याकेट किनिदिनेछु।

दिक्पाल कार्की,मोडल 

मैले दिदी बहिनीहरूलाई गच्छेअनुसार नगद र कपडा उपहार दिने गरेको छु। मेरो आफ्नै चाहिँ एक जना दिदी भएपनि म छ जना दिदी बहिनीसँग भाइटीका लगाउँछु। मलाई सबैले कस्तो खालको कपडा मन पराउँछन् भन्ने थाहा छ। त्यही अनुसार कपडा किनेर उपहार दिन्छु। दिदी बहिनीले पनि मलाई मिठाइसँगै कपडा उपहार दिने गरेका छन्। 

प्रस्तुतिः मेनुका कोइराला


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.