असल दाजुभाइ/दिदीबहिनीमा के गुण हुनुपर्छ? कलाकार भन्छन् 'मन'

असल दाजुभाइ/दिदीबहिनीमा के गुण हुनुपर्छ? कलाकार भन्छन् 'मन'

केकी अधिकारी, अभिनेत्री

सबैभन्दा पहिला दाजुभाइले दिदीबहिनीको आदर गर्नुपर्छ। आफ्ना दिदीबहिनीको मात्र नभई अरूका छोरीचेलीको पनि सम्मान गर्न सक्नुपर्छ। बाटोमा हिँडिरहेका केटीहरूलाई जिस्काउनु भएन, महिलामाथि दुव्र्यवहार गर्नु भएन। यति भयो भने दाजुभाइ असल हुन्छन्।

पुष्प खड्का, अभिनेता

दिदीबहिनी व्यावहारिक हुनुपर्छ। आफूभन्दा ठूलाको सम्मान र सानालाई माया गर्ने हुनुपर्छ। घरपरिवारलाई मायाप्रेमले बाँधेर राख्न सक्ने हुनुपर्छ। 

नीता ढुंगाना, अभिनेत्री
कुनै पनि छोरीचेलीका लागि आमाबुबापछि दाजुभाइ नै सबथोक हुन्। त्यसैले उनीहरूले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ। हरेक दुःखसुखमा दिदीबहिनीलाई साथ दिनुपर्छ। 

बुद्धि तामाङ, अभिनेता

दिदीबहिनी साथीजस्तै हुनुपर्छ। कतिपय कुरा आमाबाबुुसँग खुलेर गर्न सकिँदैन। त्यो कुरा दिदीबहिनीसँग सजिलै गर्न सकियोस्। दाजुभाइको इज्जत गर्ने हुनुपर्छ। 

जीतुु नेपाल, अभिनेता

दिदीबहिनी परिवारप्रति उत्तरदायी हुुनुपर्छ। इमानदार हुनुपर्छ। परिवारको जिम्मेवारी उठाउन सक्ने हुनुपर्छ। दाजुुभाइलाई सम्मान गर्नै खालको हुनुपर्छ।

शिव परियार, गायक

दिदीबहिनीमा राम्रो कुराको पक्ष लिने, नराम्रोको विरोध गर्न सक्ने गुण हुनुपर्छ। उनीहरू आँटिला हुनुपर्छ। उनीहरूको बोलीवचन मीठो हुनुपर्छ। 

दीपाश्री निरौला, अभिनेत्री

दाजुुभाइ अभिभावकजस्तै हुनुपर्छ, साथीजस्तै हुनुपर्छ। दिदीबहिनीलाई हरेक कुरामा सहयोग गर्ने, सल्लाह दिने, पैसालाई नै सबथोक नठान्ने, दिदीबहिनीलाई समय दिने खालको हुनुपर्छ।
 
शिवहरि पौडेल, अभिनेता 

दिदीबहिनीले आफ्ना समस्या, दुःख दाजुभाइलाई नलुकाईकन भन्नुपर्छ। नमीठो बोल्ने, रिसाउने बानी असल दिदीबहिनीमा हुनु भएन।

राजाराम पौडेल, अभिनेता

कसैको सम्पत्तिमा आँखा नलगाउने, आफूसँग जे छ, त्यसमा रमाउने असल दिदीबहिनीमा हुनुपर्ने गुण हुन्। दिदीबहिनीले दाजुभाइलाई मुटुदेखि नै माया गर्न सक्नुपर्छ। 

राधिका हमाल, गायिका

दाजुभाइले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ। जस्तोसुकै दुःखसुखमा पनि दिदीबहिनीलाई निःस्वार्थ भावले सहयोग गर्नुपर्छ। 

कुन्ती मोक्तान, गायिका

आफ्नो परिवारलाई मिलाएर राख्ने, घरका सबै सदस्यलाई माया गर्ने हुनुपर्छ। उपहार दिएर मात्र हुँदैन, दाजुभाइले दिदीबहिनीलाई समय पनि दिन सक्नुपर्छ। 

गजित विष्ट, अभिनेता

परिवारको दुःखसुख बाँड्ने दिदीबहिनी असल हुन्। परेका बेला दाजुुभाइलाई साथ दिनुपर्छ। सत्यको साथ दिने गुण दिदीबहिनीमा हुनुपर्छ। 

आस्था राउत, गायिका

दाजुुभाइ साथीजस्तो हुनुपर्छ। जोसँग दिदीबहिनीले खुलेर कुरा गर्न सकून्। दिदीबहिनीको कुरा बुझ्ने, ख्याल राख्ने, साथ दिने दाजुभाइ नै असल हुन्।

आर्जन पाण्डे, गायक 

दिदीबहिनी ‘प्य्राक्टिकल’ हुनुपर्छ। सकारात्मक सोच भएको हुनुपर्छ। हरेक मुस्किलको सामना गर्ने हुनुपर्छ।

अनीता चलाउने, गायिका 

दाजुभाइ भनेको दिदीबहिनीलाई माया गर्ने, जस्तोसुकै परिस्थितिमा पनि नडराउने हुनुपर्छ। अभिभावकजस्तै ख्याल राख्ने हुनुपर्छ।
 
शिल्पा पोखरेल, अभिनेत्री

दाजुुभाइ आमाबाबुको दोस्रो रूप हो। त्यसैले दाजुभाइले दिदीबहिनीको अभिभावक भएर बस्नुपर्छ। दिदीबहिनीप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।
 


प्रस्तुतिः आशक्ति फुयाल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.