मोदीको सभा भन्दा दुई दिनअघि माओवादीको विस्फोट, ५ को हत्या

मोदीको सभा भन्दा दुई दिनअघि माओवादीको विस्फोट, ५ को हत्या

नयाँदिल्ली : भारतको छत्तिसगढस्थित दन्तेवाडामा माओवादी आशंका गरिएको एक समूहको हमलाबाट पाँच जनाको ज्यान गएको छ ।

चार सर्वसाधारण तथा एक केन्द्रीय औधोगिक सुरक्षा फोर्सका एक गरी पाँचको ज्यान गएको हो । उक्त फोर्सका अरु दुई पनि घाइते छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही क्षेत्रमा चुनावी सभा तथा कार्यक्रम गर्ने मिति तय भएको दुई दिनअघि नै यहाँ बम विस्फोट गराइएको हो ।

यहाँका अधिकारीहरुले भने छत्तिसगढ क्षेत्रमा भुमिगत रहेको माओवादी समूहले विस्फोट गराएको दावी गरेका छन् । उनीहरुका अनुसार बसमा आएका मास्क लगाएको माओवादी समूहले विस्फोट गराएको हो । उक्त हमला प्रधानमन्त्री मोदीको सभा बिथोल्ने प्रयासको रुपमा पनि बताइएको छ ।

साथै यो घटना पछिल्लो १० दिनभित्र माओवादीको दोस्रो विस्फोट पनि हो । दन्तेवडा जिल्लाको बस्तरमा यस्तो घटना भएको हो । हत्या हुने तथा घाइते हुने सुरक्षाकर्मी यस क्षेत्रमा चुनावका लागि खटाइएका थिए ।

दन्तेवडामै मोदी यही नोभेम्बर ९ मा आउने कार्यक्रम थियो भने कांग्रेस आईका नेता राहूल गान्धी पनि नोभेम्बर ९ र १० मा आउने मिति तय भइसकेको थियो ।
भारतका दुर्गम जिल्लाहरुमा यद्यपि माओवादी सशस्त्र समूह भुमिगत रुपमा गतिविधि बढाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.