जुवाको खालमा प्रहरीको छापा, सवा दुई लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

जुवाको खालमा प्रहरीको छापा, सवा दुई लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

नुवाकोट : तिहारमा ठुलो रकमसहित जुवा खेलिरहेका घरधनीसहित १३ जना पक्राउ परेका छन् । सदमरकुाम विदुरदेखि २५ किलोमिटर दक्षिणस्थित तारकेश्वरवाट कौडा, तास खेलिरहेका घरधनीसहित १३ जना पक्राउ परेका  जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

तारकेश्वर गाउपालिका–४ स्थित विष्णुबहादुर श्रेष्ठको घरमा जुवाको खाल थापेको सूचना अनुसार उक्त स्थानमा छापा मारेर दुई लाख २१ हजार आठ सय २५ रुपैया, १६ थान कौडा र तीन बुक ताससहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुवँरले जानकारी दिए । 

प्रहरीले जुवा खालमा बाजी थापेर हारजित हुने गरी जुवा तास र कौडा खेलिरहेको अबस्थामा पक्राउ परेकालाई पक्राउ गरी हिरासतमा राखिएको उनले बताए । 

कुवँरका अनुसार पक्राउ परेकाहरुमा घरधनी ६० वर्षीय बिष्णुबहादुर श्रेष्ठ, स्थानीय ३८ वर्षीय  राजु अधिकारी, ४२ वर्षीय उमेश वस्ती, ४२ वर्षीय रामशरण श्रेष्ठ, ५० वर्षीय नबराज वस्ती,  ४३ वर्षीय  रामकृष्ण दाहाल,  १९ वर्षीय निशान श्रेष्ठ छन् । 

त्यसैगरि कौडाको खालवाट पक्राउ परेकामा ४० वर्षीय खेमराज श्रेष्ठ, ४४ वर्षीय कृष्णबहादुर पौडेल, ५२ वर्षीय भरत तिमल्सिना, ३२ वर्षीय नारायाण दाहाल,  ३६ वर्षीय केशबबहादुर वस्ती र  ३९ वर्षीय पुरुषोत्तम वस्ती रहेका छन् । सबैलाई जुवा ऐन अन्र्तगत कारवाही अगाडि बढाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.