पोर्चुगलमा नेपाली सवार ट्याक्टर पल्टियो, एकको अवस्था चिन्ताजनक

पोर्चुगलमा नेपाली सवार ट्याक्टर पल्टियो, एकको अवस्था चिन्ताजनक

लिस्बन : पोर्चुगलको एक कृषि फार्मको ट्याक्टर पल्टिँदा दर्जन भन्दा धेरै नेपाली घाइते भएका छन् । यो घटनामा परेका एकजना नेपालीको अवस्था चिन्ताजनक छ । 

५० जना भन्दा धेरै कृषि मजदुर कोचाकोच चढेको ट्याक्टर सोमबार पल्टिँदा अचेत भएका एक नेपालीको स्थानीय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

यो दुर्घटनामा दाङ घर भइ हाल पोर्चुगलको कम्पोर्टास्थित अलेन्तेजु, बेजामा बस्दै आएका लोकेन्द्रबहादुर पुन मगर गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । 

साथीहरुसँगै काममा जाने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनको शरीरमा गहिरो चोट लागेको छ । हड्डी भाँचिएको भागमा स्टिल रड राखेर उपचार गरिएको छ।  अन्य घाइतेहरु भने उपचारपछि काममा फर्किएका छन् । 

घाइते पुनमगरको अहिले सान्टिआगोस्थिट स्थानीय अस्पताल बेजामा उपचार भइरहेको छ । घटना सार्वजनिक भएपछि एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे नेतृत्वको टोली अस्पताल पुगेको छ । जहाँ पुन मगर अहिले पनि अचेत अवस्थामा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.