मुन्द्रेको ‘कमेडी क्लब’ युट्युबमा नम्बर १ ट्रेन्डिङ

मुन्द्रेको ‘कमेडी क्लब’ युट्युबमा नम्बर १ ट्रेन्डिङ

काठमाडौँ : नेपाल टेलिभिजनमा सोमबारदेखि प्रसारणमा भएको हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को ‘कमेडी क्लब’ युट्युबमा नम्बर १ ट्रेन्डिङ भएको छ । हरेक साता सोमबार राति ८ बजेर ५० मिनेटमा प्रसार हुने उक्त कमेडी शोको पहिलो भाग तीन दिन नबित्दै ट्रेन्डिङको नम्बर १ मा आइपुगेको हो । 

सोमबार राति लाइभ कार्यक्रम सकिएपछि युट्युबमा अपलोड गरिएएको कमेडी क्लबको पहिलो भाग हालसम्म ५ लाख ६० हजारले हेरिसकेका छन् । 

विदेशी कमेडी शो (खासगरी भारतीय) मा बानी परेका नेपालीका लागि यो कार्यक्रम नयाँ र स्वादिलो खुराका भएको प्रतिक्रिया कार्यक्रम सञ्चालक जितु नेपालले दिएका छन् । मुन्द्रे उपनामले हाँस्य कलाकारिताको क्षेत्रमा चिनिने जितुले यसअघि नेपाल टेलिभिजनमा प्रसाररण हुने ‘जिरे खुर्सानी’ को निर्देशन समेत गरेका थिए । 

जिरे खुर्सानीबाटै उनले मुन्द्रेको परिचय बनाउन सफल भएका हुन् । जिरे खुर्सानीमा लामो समय काम गरेपछि उनले चलचित्रमा हात हालेका थिए । मुन्द्रेले ठुलो पर्दाबाट सानो पर्दामा फर्किँदा खुसी लागेको बताएका छन् । उनले यो कार्यक्रमलाई फरक र नौलो स्वादसहितको बनाउने कोशिश गरिरहने पनि बताएका छन् । 

कमेडी क्लबको पहिलो भागमा सफल चलचित्र छक्का पञ्जा–३ का नायक तथा निर्माता दीपकराज गिरीलाई अतिथिका रुपमा ल्याइएको थियो । कमेडी क्लबको अध्यक्षको भूमिकामा भने छक्का पञ्जा–३ की निर्देशक दीपाश्री निरौला रहेकी छन् ।

यो क्लबमा हाँस्य कलाकारहरु राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईलाई पनि देख्न सकिने छ । कमेडी क्लबको दोस्रो भागमा अर्का चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लार्इ अतिथिकारुपमा ल्याइने भएको छ ।

कमेडी क्लबको पहिलो भाग


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.