विराट कोहलीले भने : भारतीय क्रिकेटरलार्इ मन नपराउनेले देश छाडे हुन्छ

विराट कोहलीले भने : भारतीय क्रिकेटरलार्इ मन नपराउनेले देश छाडे हुन्छ

नयाँ दिल्ली : शानदार प्रदर्शनका कारण सदैव चर्चाको शिखरमा रहने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली यस पटक सामाजिक सञ्जालमा भाइरल भएका छन् । विराटले यो भिडियो आफ्नो आधिकारिक एपको प्रमोशनका लागि सुट गरेका थिए । उनले पाँच नोभेम्बरमा आफ्नो जन्मदिनको अवसरमा यो एप लन्च गरेका थिए । 

यसमा उनले अस्ट्रेलिया र इङ्ग्ल्यान्डका क्रिकेटलार्इ समर्थन गर्ने आफ्ना एक प्रशंसकलार्इ भारत छोडेर अर्को देशमा जान भनेका छन् । 

विराटका एक प्रशंसकले कमेन्टमा आफूलार्इ भारतका वर्तमान खेलाडीको तुलनामा अस्ट्रेलिया र इङ्ग्ल्यान्डका क्रिकेटलार्इ धेरै मन पराउने बताएका थिए । त्यसमा प्रतिक्रिया दिँदै विराटले भने, 'मलार्इ लाग्दैन कि तिमीले भारतमै रहनुपर्छ, तिमीले कुनै पनि दोस्रो देशमा गएर बसे हुन्छ ।'

त्यसक्रममा उनले थप स्पष्ट पनि पारेका छन्, 'मलार्इ यदि कसैले मन पराउँदैन भने यसमा कुनै टाउको दुखार्इ छैन । तर यदि कोही भारतीय खेलाडीविरूद्ध बोल्छ भने यो पक्कै राम्रो होइन । उसले यो देशमै नबस्नु उचित हुन्छ ।'

विराटले यसो भनेपछि सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जालका एक सदस्यले लेखेका छन्, 'विराट कोहलीले आफ्ना विदेशी प्रशंसकलार्इ उनीहरूले आफ्नो देश छाडेर जानुपर्ने त बताइरहेका छैनन् ।'

विराट कोहली केही वर्षयता उत्कृष्ट लयमा छन् । हालैमात्र उनले वेस्टइन्डिजविरूद्ध खेल्दै व्यक्तिग १० हजार एक दिवसीय रन बनाउन सफल भए । उनले पछिल्ला ३० महिनामा २६ टेस्ट र वान डे सतक पनि हानिसकेका छन् । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.