तिहारकाे शुभकामना दिँदै प्रधानमन्त्रीले भने 'आर्थिक रुपान्तरण गर्न अहिले उपयुक्त समय'

तिहारकाे शुभकामना दिँदै प्रधानमन्त्रीले भने 'आर्थिक रुपान्तरण गर्न अहिले उपयुक्त समय'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको बताएका छन् । तिहारका अवसरमा  शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । 

'देशमा राजनीतिक स्थायित्व कायम भइसकेकोले सरकार सुशासनका निम्ति समर्पित छ। उत्तरदक्षिण दुवैतिरका छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ' प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन, 'हामीसँग सक्रिय जनसंख्याको बाहुल्यता छ। यस अनुकूलतताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउदैछौं ।'

ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको धारणा राखेका छन। सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरीबिको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। उनले आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइने उल्लेख गर्दै सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न दृढ संकल्पित भएको बताएका छन्।

उनले चालु आवको पहिलो ३ महिनामा गत वर्षको सोही अवधिभन्दा ४२ प्रतिशत राजस्व बढी उठेको बताएका छन् । पुजीँगत खर्च बढिरहेकाे बताउदै अाेलीले गत वर्षकाे भन्दा १७ प्रतिशत निर्यात बढेका बताउदै शुभकामना सन्देशमा भनेका छन् -' समृद्धितर्फकाे गन्तव्यमा याे सकारात्मक सन्देश हाे ।'

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। यसै उद्देश्यका लागि केही समय अघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरिएको ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पुर्याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन। उनले शुभकामना सन्देशमा हाम्राे देश हामीले नै बनाउने कुरालाई आत्मसाथ गर्न सबै नेपालीलाई आग्रह गरेका छन् ।


शुभकामना सन्देश


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.