शिक्षकलाई तलब खुवाउन देउसीभैलो
गलेश्वर : विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि म्याग्दीमा देउसीभैलाे खेलेर रकम जुटाइएकाे छ। मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले देउसीभैलो खेलेर चार लाख ५३ हजार जुटाएको हाे ।
गाउँमा कात्तिक १९ गतेदेखि २२ गतेसम्म देउसीभैलो खेलेर सो रकम जुटाइएको प्रधानाध्यापकले बताएका छन् । प्रधानाध्यापकका अनुसार सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन र विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने छ ।
पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथरलगाएतका ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो ।