उपराष्ट्रपति पुनले लगाए भाईटीका
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ः५५ बजे शुभसाइतमा उपराष्ट्रपतिको निवास कपुरधारामा भाईटीका लगाएका हुन्।
उनका एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपति पुनले नजिकका बहिनीहरुसँग भाईटीका लगाएका छन् । उपराष्ट्रपति पुनले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाएका हुन्।