लमजुङमा मस्र्याङ्दी महात्सवकाे तयारी

लमजुङमा मस्र्याङ्दी महात्सवकाे तयारी

बेसीशहर : लमजुङको मस्र्याङ्दी गाउँपालिकामा मस्र्याङ्दी महोत्सव मंसिर पहिलो साता मस्र्याङ्दी महोत्सव आयोजना हुँदै छ ।

दिनभरी मेला हेरेर राती होमस्टेको मज्जा लिने गरी पर्यटकलाई भित्र्याउने तयारी भएको बताइएको छ । ‘महोत्सवमा आउने पाउनालाई दिनभर मेला हेरेर राती होमस्टेमा पु¥र्याउने योजना बनाएका छौँ’, महोत्सव मूल आयोजक समितिका संयोजक अर्जुन गुरुङले भने, ‘गाउँपालिकाभित्र रहेका सिउरुङ, भुष्मे, ढंगै, मिप्रा, छापा, भलामचौर, नायुँलगायतका होमस्टे तयार गरिएको छ ।’ होमस्टे जाने पर्यटकलाई होमस्टे गाउँहरुले आवश्यक तयारीका साथ लैजाने व्यवस्था गरेको उनले बताए ।

मंसिर ३ देखि ६ गतेसम्म हुने महोत्सवमा छङ्गाछुर भीरमा हुने कहाली लाग्दो भीरमौरीको शिकार पनि हेर्न पाइने भएको छ । महोत्सवकै बेला पारेर मंसिर ४ गते घनपोखराको भीरमा भीरमह शिकारको आयोजना गरिएको छ । डरलाग्दा पहारामा डोरीमा झुण्डिएर गरिने महशिकार हेर्न निकै रोमाञ्चक हुने गर्छ । महोत्सवमा आउने पर्यटकलाई महशिकार हेर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

हरिबोधनी एकादशी पर्वको अवसरमा गरिन लागेको महोत्सव सञ्चालनका लागि अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मुल आयोजक समिति बनाइएको छ । १५ सदस्यीय सचिवालय र १० वटा उपसमिति समेत गठन गरिएको छ ।

समिति र उपसमितिहरुले तयारी तीब्र बनाएका छन् । यसअघि खुदीबजारमा सञ्चालन हुँदै आएको हरिबोधनी एकादशी मेलालाई बृहत बनाउन महोत्सव आयोजना गरिएको आयोजक समितिका सहसंयोजक होमबहादुर विकले बताए ।

महोत्सवमा धार्मिक मेलासहित कृषि तथा स्थानीय उत्पादन प्रर्दशनी, स्थानीय कला संस्कृतिको प्रर्दशन, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, आर्गानिक खाना, मनोरञ्जनात्मक कार्यक्रम, भलिबल, छेलोसहितको खेलकुँद प्रतियोगिता, मिनि म्याराथुन दौड, माविस्तरीय नृत्य प्रर्दशनी, वडास्तरीय दोहोरी गीत प्रतियोगिता आयोजना गरिने आयोजक समितिका सदस्यसचिव तीर्थ बस्नेतले जानकारी दिए ।

‘सम्वृद्ध, आधुनिक, हराभरा गाउँपालिकाको आधार–कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३० वटा स्टल राखिने भएका छन् । २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव सञ्चालनका लागि १६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.