अफगानिस्तानमा युद्ध अन्त्यबारे छलफलमा तालिवानीसँगै भारतीय प्रतिनिधि पनि

अफगानिस्तानमा युद्ध अन्त्यबारे छलफलमा तालिवानीसँगै भारतीय प्रतिनिधि पनि

मस्काे : तालिवानी समूहसँग सन् २००१ देखि गरिएका वार्ताको पूर्नमुल्यांकन गर्ने विषयमा आयोजित एक शान्ति सम्मेलनमा भारतले पनि सहभागिता जनाएको छ ।

रसियाले आयोजना गरेको यस सम्मेलनमा अफगानिस्तान र पाकिस्तानका लागि भारतीय पूर्व राजदूत अमर सिन्हा सहभागी भएका हुन् । भारतका विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले भने, ‘शान्तिका लागि हुने सबै प्रयासमा भारतले सहयोग गर्छ । जसले मुलुकमा स्थायित्व, सुरक्षा र समृद्धि निम्त्याउने छ ।’

यही शुक्रबार मस्कोमा भएको यस सम्मेलनमा अमेरिका, इरान, चीन, पाकिस्तान लगायत मुलुकका प्रतिनिधि बोलाइएको थियो । कतारको राजनीतिक आयोगका प्रमुख मोहम्मद अब्बास स्टानाक्जाइको नेतृत्वमा रहेको तालिवानी तर्फबाट समेत पाँच जना प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।

सम्मेलनको क्रममा अफगानिस्तानमा जारी युद्ध अन्त्यको लागि पहल गर्ने बारे पनि बहस भएको थियो । जहाँ भारतीय प्रतिनिधि पनि तालिवान प्रतिनिधिसँगै सहभागी भएका हुन् ।

तालिवानी समूह सम्मिलित कुनै पनि औपचारिक सम्मेलनमा भारतले यसअघि कहिल्यै आफ्नो प्रतिनिधि पठाएको थिएन । रसियाको आयोजनामा भएको शुक्रबारको सम्मेलनमा भारतीय प्रतिनिधि सहभागी हुनुलाई महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.