नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए ..
नुवाकोट : तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।
देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका हुन्।
देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए। खोजतलास गर्दा उनीहरु सुर्खेतमा फेला परेको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।