क्षमताभन्दा तेब्बर कैदी
नुवाकोट : जिल्ला कारागार विदुरमा क्षमताभन्दा तेब्बर कैदी राखिँदा समस्या भएको छ। आठ वर्षअघि बनेको जिल्ला कारागारमा ५० जना पुरुष र २० जना राख्न सकिने क्षमता छ।
कारागारमा एक सय ४७ जना पुरुष कैदी छन्। महिला भने २० जना नै रहेका जेलर टंकराज चिमोरियाले जानकारी दिए। कारागारमा एक जना नाबालिका रहेकी छन्। कोचाकोच गरी बसेका बन्दीमा समस्या देखापर्न थालेको छ।
कार्यालयले उपलब्ध गराउने सेवा सुविधा र दैनिक सिधासमेत कम भएको उनीहरू गुनासो गर्न थालेका छन्। नयाँ कानुनले आफूहरूलाई अन्याय भएको भन्दै कैदीहरूले स्थानान्तरणको माग गरेका छन्। स्वास्थ्य, खानेपानी, सुत्ने ठाउँको समेत अभाव हुन थालेको उनीहरू गुनासो गर्न थालेका छन्।