माथिल्लो डोल्पामा बुद्धका मूर्ति असुरक्षित

माथिल्लो डोल्पामा बुद्धका मूर्ति असुरक्षित

दुनै,डोल्पा : माथिल्लो डोल्पाका तीनवटा स्थानीय तह कात्तिकदेखि सुरक्षाविहीन छन्। तिब्वतसँग सीमा जोडिएका माथिल्लो डोल्पाका तीनवटै गाउँपालिका हाल सुरक्षाविहीन भएका हुन्।शे-फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका कात्तिक १ देखि नै सुरक्षाविहीन भएका हुन्।

हिउँदको समयमा उत्याधिक चिसो र हिमपातका कारण प्रहरीले सुरक्षा दिने नसक्ने भएपछि माथिल्लो डोल्पाका सबै स्थानीय तह सुरक्षाविहीन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

माथिल्लो डोल्पाका तीनवटा स्थानीय तहमा तीनवटा सीमा प्रहरी चौकी छन्। ती प्रहरी चौकीले बैशाखदेखि असोजसम्म मात्र अस्थायीरुपमा सुरक्षा दिने गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । 

प्रहरीका आफ्नै भौतिक संरचना छैनन्, हिउँदको समयमा प्रहरीको ज्यानै जोखिम राखेर बाह्रै महिना सीमा प्रहरी चौकीमा राख्न नसकिएको डीएसपी बिष्टले बताए। भौगोलिक रुपमा विकट र क्षेत्रफलको हिसाबले अत्यन्तै ठूलो रहेको माथिल्लो डोल्पामा तीन गाउँपालिका गरी जम्मा ४ वटा प्रहरी चौकी रहेका छन्।ज्यानै जोखिममा राखेर प्रहरीले माथिल्लो डोल्पामा सुरक्षा दिन नसकेको डीएसपी बिष्टले बताए।

सयौं वर्ष पूराना पूरातात्विक सम्पदा रहेको प्राचीन सयौं गुम्बा, विश्वमै लोपन्मुख हिउँचितुवा, कस्तुरी,नावरलगायत हजारौं बहुमूल्य जडिबुटीको सुरक्षा नभए पछि अलपत्र अवस्थामा छन्। हिउँदको समयमा अधिकांश स्थानीय चिसो छल्न भन्दै तल्लो डोल्पा र तराईमा झर्ने भएपछि माथिल्लो डोल्पामा सुरक्षाको चाँसो सरकारले नदिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाको आरोप छ। 

महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा रहेको माथिल्लो डोल्पामा सुरक्षा व्यवस्था नहुँदा चोरी डकैतिका घटना घट्ने हुँदा स्थानीयमा थप समस्य हुने गरेको शे-फोक्सुण्डो गाउँपालिकाका स्थानीय आङबहादुर लामाले बताए।

विकट बस्ती रहेको माथिल्लो डोल्पामा जस्तोसुकै घटना भएपनि सुरक्षाकर्मीलाई जानकारी गराउन संभावना नभएपछि स्थानीयमा थप पिरोलो हुने गरेको डोल्पो बुद्ध गाउँपालिका ग्याल्बो भोटेले दुखेसो पोखे। 

हाल डोल्पा जिल्लामा एक जिल्ला प्रहरी कार्यालय, ४ इलाका प्रहरी कार्यालय,९ वटा प्रहरी चौकी, ३ वटा सीमा सुरक्षा प्रहरी चौकी, अदालत, जिल्ला प्रशासन, कारागार, शसस्त्रलगायत २२ वटा प्रहरी सेवा जिल्लामा रहेको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।

उनका अनुसार अस्थायी र स्थायी गरी जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गरे पनि माथिल्लो डोल्पामा भने चिसो र भौगोलिक विकटताको कारण बाह्रै महिना सुरक्षा दिन नसकिएको बताए।

गएका वर्षमा माथिल्लो डोल्पामा सुरक्षा नभएकै कारण सयौ वर्ष पूराना बुद्धका मूर्तिहरु चोरी भएका छन्। चोरी भएका केही मूर्तिहरु फेला परेका छन् भने कतिपय अहिलेसम्म फेला परेका छैनन्।

सुरक्षाकर्मी नभएको अवसर पारी सयौं वर्ष पूराना गुम्बाबाट बहुमुल्य पुरातात्विक बुद्धका मूर्तिहरु चोरी हुने गरेको स्थानीय पेमावाग्छेन गुरुङले बताए। अब प्रदेश सरकारले विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो उपत्यकामा अत्याधुनिक प्रहरी चौकी निर्माणका लागि २ करोड बिनियोजन गरेको कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले जनकारी दिए।

स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले माथिल्लो डोल्पालाई सुरक्षाको अनुभूति हुने गरी प्रहरी चौकी निमार्ण गरिने मन्त्री भण्डारीले बताए।सुरक्षाका लागि प्रहरी चौकी थप गर्न बारम्बार जिल्लामा सर्वदलीय र सर्वपक्षीय निर्णयहरु भएता पनि हालसम्म कुनै पनि निर्णयको कार्यान्वयन नभएको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.