हिन्दुराष्ट्र, राजसंस्था र चुनाव चिन्ह 'गाई' राप्रपाले छोड्दैन : कमल थापा

हिन्दुराष्ट्र, राजसंस्था र चुनाव चिन्ह 'गाई' राप्रपाले छोड्दैन : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले समान विचारधारा भएका दलसँग एकताको ढोका खुला भए पनि हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र, चुनाव चिन्ह गाई बटमलाइन भएको बताएका छन्। 

एकताको विषयमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणासँग भेटवार्ता गरेपछि ट्विट गर्दै थापाले यस्तो बताएका हुन्। उनले एकता महधिवेशनबाट पारित नीति, विधान र गई चुनाव चिह्न बटमलाइन भएको बताएका हुन्।  

सँगै उनले सनातन हिन्दु राष्ट्र, स्थनीय स्वयत्ततता शासन र उद्धार अर्थतन्त्रको जगमा सबल र समृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढिरहेको बताएका छन्। 

‘समान विचारधारा भएका दलसँग एकताको ढोका खुला राख्दै सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको जगमा सबल र सम्बृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढिरहने छ’, थापाले ट्विट गरेका छन्, ‘एकता महाधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिन्ह हाम्रो बटमलाइन हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.