बाबुराम लेख्छन्, ‘निर्मलाका हत्यारा नभेट्ने बहुमत सरकार डाडुभरी पानीमा डुबेर मर्नू !’

बाबुराम लेख्छन्, ‘निर्मलाका हत्यारा नभेट्ने बहुमत सरकार डाडुभरी पानीमा डुबेर मर्नू !’

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा धर्ना बसेको खबर अन्नपूर्ण पोस्ट्मा पढेपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारप्रति चर्को टिप्पणी गरेका छन्। 

निर्मलाका बाबुआमा धर्नामा बस्न बाध्य हुनु दुई तिहाइको बहुमत सरकारको लाचारी भएको बाबुरामको टिप्पणी छ। उनले प्रमाण नष्ट गर्नेलाई केरकार गरेर अपराधि पत्ता लगाउन नसक्ने हिजोका क्रान्तिकारी पतनको बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्। उनले यस्ता अपराधि पत्ता नलगाउनेहरु कुन नाकले कुर्सीमा बसेका छन् भन्दै प्रश्न गरेका छन्। बाबुरामले ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्। 

‘निर्मला पन्तका शोकसन्तप्त बाबुआमा यसरी धर्नामा बस्न बाध्य हुनु २र३ बहुमतको सरकार डाडुभरी पानीमा डुबेर मर्नु बराबर हैन र ?’, बाबुरामले लेखेका छन्, ‘प्रमाण नष्ट गर्नेलाई केरकार गरेर अपराधि पत्ता लगाउन नसक्ने कुन नाकले कुर्सीमा बसिरहन सकेका होलान् ? धन्य यी हिजोका क्रान्तिकारीहरूको पतन।’ 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम निवासी निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै  आइतबारदेखि निर्मलाका बाबुआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट बाहिर हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना सुरु भएको हो। हत्या भएको सय  दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरिएको भन्दै निर्मला बाबुआमासहित अधिकारकर्मीहरुले पुनः आन्दोलन सुरु गरेका हुन्। 

निर्मलाका बाबुआमाले चौबीसै घण्टा शासनको गेट बाहिर धर्ना बस्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.