अलैंचीखेतीबारे भुटानी वैज्ञानिकले लिए जानकारी

अलैंचीखेतीबारे भुटानी वैज्ञानिकले लिए जानकारी

बेसीसहर : भुटानले नेपालको अलैंचीखेती र गुणस्तरका विषयमा जानकारी दिएका छन्। भुटानको कृषि मन्त्रालयका वैज्ञानिकसहितका अधिकृत तथा प्राविधिकले लमजुङको अलैंची बगान भ्रमण गरी खेती र तयारी अलैंचीबारे जानकारी लिएका हुन्।

भुटानको पहाडी भूभागका सेपिलो जमिनमा अलैंचीखेती गरिएको भ्रमणमा आएका सरकारी अधिकारीले बताएका छन्। उनीहरूका अनुसार भुटानमा १० वर्षअघिदेखि अलैंचीखेती गरिएको हो। भुटानका कृषि वैज्ञानिक र प्राविधिक सम्मिलित टोलीले लमजुङको मस्र्याङदी गाउँपालिका–७ छिनखोलाको अलैंची बगान अवलोकन गरेर फर्किएका छन् । छिनखोलामा ५२ घरधुरीले २० हेक्टर हाराहारी क्षेत्रफलमा अलैंचीखेती गर्दै आएका छन्।

भुटान सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रका वैज्ञानिक पेमा युटेनको नेतृत्वमा १४ अधिकारीले लमजुङमा फल्दै गरेको अलैंचीबारे जानकारी लिएका हुन् । युटेनका अनुसार नेपाल र भुटानको अलैंचीखेती, टिप्ने, सुकाउने तरिका फरक पाएको बताइन् ।

‘हामीले अलैंची बिरुवाको गाज छुट्टयाएर खेती गर्दै आएका छौं, यो परम्परागत रहेको नेपाल आएपछि थाहा पाए’, युटेनले भनिन्, ‘अब नर्सरी स्थापना गरेर अलैंची लगाउँछौं।’ नर्सरीको बिरुवाखेती गर्दा रोग नलाग्ने, धेरै समय टिक्ने, फल राम्रो हुने भएकाले यसबाट राम्रो उत्पादन र गुणस्तरीय अलैंची निस्कने ज्ञान पाएको उनले बताइन् ।

भुटानीसँगै ताप्लेजुङका अलैंची कृषक, व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा कर्मचारीले समेत लमजुङको अलैंचीखेती अवलोकन गरेका थिए।

उनले नेपालमा अलैंचीको बगानदेखि फलसम्म सबै गुणस्तरीय पाएको उनले सुनाइन्। ‘हामी अझै पुरानै प्रविधिको भट्टीमा अलैंची सुकाउँछौं’, उनले भनिन्, ‘यहाँ आधुनिक भट्टीको प्रयोगले अलैंचीको गुणस्तर राम्रो पायौं।’ भुटानमा गोलसाइ, रामसाइ र भर्लांगे जातका अलैंची लगाउने गरिएको छ । डम्मरसाइ, साउने र जिर्मले जातको अलैंचीबारे नेपाल आएपछि थाहा पाएको उनीहरूले बताए । उनीहरूका अनुसार भारत र सिक्किमबाट अलैंचीको गाज छुट्टयाएर अलैंचीखेती गरिएको हो । तीनवटै जात (गोलसाइ, रामसाइ, भर्लांगे) एकै ठाउँमा लगाउँदा राम्रो नभएको कृषि अनुसन्धान केन्द्रका अधिकृत जिग्मी सिङएले बताए ।

भुटानीसँगै ताप्लेजुङका अलैंची कृषक, व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा कर्मचारीले समेत लमजुङको अलैंचीखेती अवलोकन गरेका थिए। ताप्लेजुङका अलैंची कृषक मंगलसिंह केदेम लिम्बुले लमजुङबाट अलैंचीखेतीमा धेरै ज्ञान भएको बताए।

अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले भुटानी टोलीको भ्रमणले यहाँको अलैंची निर्यातमा टेवा पुग्ने बताए। तामाङसहितको टोली गतवर्ष भुटानमा अलैंची निर्यातका लागि बजार बुझ्न गएको थियो। हाल नेपालको अलैंची भारतमा मात्र बिक्री हुने गरेको छ। अलैंची निर्यातमा भारतको भर पर्नुपर्दा मूल्यमा उतारचडाब हुने गरेको किसान बताउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) का वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाले लमजुङको अलैंचीमा केही सुखद पक्ष भित्रिएको बताए । उनका अनुसार जिल्लामा ६ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको अलैंचीले उत्पादन दिएको छ। जिल्लामा नौ सय ५० हेक्टर क्षेत्रफलमा अलंैचीखेती विस्तार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.