अशक्त महिलालाई बलात्कार गर्ने पक्राउ

अशक्त महिलालाई बलात्कार गर्ने पक्राउ

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको पन्चकन्याकी शारीरिक रुपमा अशक्त एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सदरमुकाम विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका -२ मा कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला २७ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४० वर्षीय नवराज पण्डितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले बताए। घरमा आमा घाँस काट्न गएका बेला पण्डितले अपांग महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.