इजरायलको हमलामा बरिष्ठ कमान्डरसहित ७ प्यालेस्टाइनीको मृत्यु
इजरायल : इजरायली सैन्य हमलाबाट प्यालेस्टाइनी सात नागरिकको मृत्यु भएको छ । हमलामा हमासको सैन्य समूह अल क्वासम ब्रिगेडका एक बरिष्ठ कमान्डर नुर बाराका पनि मारिएका छन् ।
गाजा क्षेत्रमा तैनाथ हमास अधिकारीका अनुसार इजायली विशेष टोली खान युनिस सहरको दक्षिणी प्यालेस्टाइनी क्षेत्रमा हमला गरेको हो । इजरालले गाजा क्षेत्रमा सामुहिक हमला बिरलै गर्ने गरेको छ । यसपटकको हमलालाई लिएर प्यालेस्टाइनमा थप तनाव सृजना गरेको छ ।
साथै यसले दुई देशबीच थप तनाव सृजना गरेको टिप्पणी पनि स्थानीय संचारमाध्यमले गरेका छन् । आइतबार रातको समयमा भएको यो हमलाले प्यालेस्टाइनी सुरक्षाकर्मीलाई थप उत्तेजित पार्ने आशंका गरिएको छ ।