रसुवामा ७५ प्रतिशतले बुझे तेश्रो किस्ता
त्रिशूली : हिमाली जिल्ला रसुवाका ७५ प्रतिशत भूकम्प प्रभावितले आवास अनुदानको तेस्रो किस्ता रकम बुझेका छन् । भूकम्प गएको ४२ महिनामा आवास निर्माणका लागि ७५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका हुन् ।
पाँच गाउँपालिका रहेको रसुवामा आवास अनुदानका लागि १२ हजार ४ सय ९० लाभग्राही परिवार छन् । जसमा ११ हजार ३ सय ६८ ले पहिलो, १० हजार १ सय ६० ले दोस्रो र ८ हजार ४ सय ३ ले तेस्रो किस्ता बुझेको जनाइएको छ ।
भूकम्पको तीन वर्षपछि रसुवामा पुनर्निर्माणले गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई रसुवाले जनाएको छ । भूकम्प पीडितका निजी घर निर्माणले गति लिएसँगै भूकम्पप्रभावित हिउंदमा निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् ।