विराटनगर महानगरका मेयरको कठोर छठ व्रत : तीन किलोमिटर घस्रिएयर घाटमा

विराटनगर महानगरका मेयरको कठोर छठ व्रत : तीन किलोमिटर घस्रिएयर घाटमा

विराटनगर : छठ पर्वको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १५ औं पटक दण्ड प्रणाम गरेका छन्।

पराजुली विगत १५ वर्षदेखि हरेक वर्ष छठको दिन दण्ड प्रणाम गर्दै घाटसम्म पुगेर अस्ताउँदो सूर्यको उपासना गर्दै आएका छन्। 

मंगलबार विराटनगरको ठूलोमिल चौकस्थित पञ्चयांङ्ग मन्दिर परिसरबाट पराजुलीले ‘विराटनगरको समृद्धि र विकास’को भन्दै दण्ड प्रणाम आरम्भ गरे। 

‘छठको ब्रतलाई निकै कठोर र नियमपूर्वक बस्नु पर्ने मानिन्छ’, पराजुलीले भने,‘विगतका वर्षमा आफू र परिवारको लागि व्रत बस्दै आएको थिएँ। यो पटक महानगरवासीको हितका लागि बसेको छु।’ 

आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पना बोकेर दण्ड प्रणामको व्रत लिएको पराजुली बताउँछन्। दण्ड प्रणाम गर्दा जमिनमा शरीर पुरै सुताएर हातले चिनो लगाउदै खोलासम्मको यात्रा तय गर्नुपर्दछ।

महानगर प्रमुख भएपछिको यो उनको दोस्रो पटक दण्ड प्रणाम हो।  सिंघिया खोलाको परोपकार घाटमा पुगेर अस्ताउँदो सूर्यको उपासना गर्दै व्रत पूरा गर्नेछन्। पराजुलीको यो दण्ड प्रणाम तीन किलो मिटरको दूरी हो। सडकमा घिस्रदै दण्ड प्रणाम गर्दै गरिने कर्मले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। 

धार्मिक स्वभावका पराजुलीले २५ वर्षदेखि छठको ब्रत बस्दै आएका छन्। आफ्नै घर अगाढीको पञ्चयांङ्ग मन्दिरबाट उनले मंब र दिउँसो साढे १२ बजे यात्रा सुरु गरे। खोला पुग्न उनलाई करिव ४ घन्टा लाग्ने छ।

उनलाई सहयोग गर्न भतिज प्रमिष पनिसँगै दण्ड प्रणाम गर्दैछन्। माछा, मासु, लसुन, प्याज, मदिरा सेवन नगर्ने अत्यन्तै धार्मिक तथा सात्विक पराजुली एकादशी, पूर्णिमा, तीजको ब्रत पनि लिन्छन्। 

यस्तै प्रत्येक मंगलबार उनी व्रत बस्छन। कृष्णजन्माष्टमी, शिवरात्री, ठूलो एकादशी लगायतका महत्वपूर्ण पर्वमा पनि व्रत बस्ने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.