सुदूरपश्चिम प्रदेशः सामाजिक विकासमन्त्री बर्खास्त, कृष्ण सुवेदी मन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशः सामाजिक विकासमन्त्री बर्खास्त, कृष्ण सुवेदी मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेपछि कृष्णराज सुवेदीलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ। 

सोडारीको ठाउँमा तत्कालीन एमालेबाट विजयी प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए। 

नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई हटाइएको बुझिएको छ। केही दिनअघि मात्र मन्त्री सोडारी सवार गाडी दुर्घटनामा परेको थियो।यो विषयमा मन्त्री सोडारी विवादमा तानिएका थिए। 

मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कोरपियो दुर्घटना भएको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मसुरिया सडक खण्डमा से ३ प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको गाडी ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दस वर्षीया आयुष्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते छन्। 

मन्त्री सोडरी  यस अघि पनि पटकपटक विवादमा तानिएका थिए। 


  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.