सुदूरपश्चिम प्रदेश : नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीले लिए शपथ

सुदूरपश्चिम प्रदेश : नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी पदमुक्त भएपछि कृष्णराज सुवेदी मन्त्री पद पाएका छन्। 

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन्। सुवेदीलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपिनियताको शपथ गराए। 

पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकासमन्त्रीबाट सोडारीलाई बर्खास्त गरिएपछि मंगलबार सुवेदीलाई नियुक्त गरिएको हो। 

शपथ ग्रहरणपछि मन्त्री सुवेदीले आफ्नो कार्यकालमा प्रदेशका समस्या हल गर्ने उद्घोष गरेका छन्। 

सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

शपथ ग्रहण समारोहमा  प्रदेश प्रमुख, मोहनराज मल्ल, सभाभुख अर्जुन थापालगायतको उपस्थिति थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.