छठमा मधेस र पहाडको एकता (फोटो फिचर)
महोत्तरी : महोत्तरीको बर्दिबासस्थित कामेश्वरनाथ महादेव मन्दिर नजिकैको पोखरीमा पहाडी र मधेसी समुदायका महिलाले अस्ताउँदो सूर्यलाई मंगलाबार अर्घ दिएका छन्। विशेष गरी मधेसी समुदायले मान्दै आएको छठ पर्व पछिल्लो समय मधेसमा बस्ने पहाडी समुदायसहित हिमाल, पहाडमा पनि मानाउन थालिएको छ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्य आराधना गर्दै ‘छठ’ मनाउने गरिन्छ। बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछी यस वर्षको छठ विधिवत रुपमा समापन हुनेछ।