पर्यटन प्रवर्द्धनमा चीनले सघाउँछ : चिनियाँ पर्यटनमन्त्री

पर्यटन प्रवर्द्धनमा चीनले सघाउँछ : चिनियाँ पर्यटनमन्त्री

काठमाडौं : चीनले नेपालको पर्यटनप्रवर्द्धनमा सघाउने भएको छ। चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग मंगलबार गरेको भेटवार्तामा सघाउने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी चिनियाँ मिडिया र ट्राभल एजेन्सी प्रतिनिधिले नेपालको पर्यटनप्रवर्द्धनमा सघाउने सम्झौता भएको थियो। चिनियाँ ट्राभल एजेन्सीको प्रतिनिधिमण्डल नेपाल आउने र फर्केर नेपालकोप्रवर्द्धन गर्ने सहमति तत्काल कार्यान्वयनमा लागि परेको चिनियाँ मन्त्रीले बताए।

मन्त्री सुगङ चारदिने भ्रमणमा सोमबार काठमाडौं आएका हुन्। भेटवार्तामा उनले नेपालको पर्यटनप्रवर्द्धनमा चीनको महत्वपूर्ण भूमिका रहेकाले अझै सहयोग गर्ने बताए। युनेस्कोले गत वर्ष विश्वमै घुम्नलायक १० सहरमध्ये काठमाडौं पाँचौं स्थानमा राखेसँगै धेरै देशका उच्चअधिकारीको भ्रमण बढ्दो छ। पर्यटन बोर्डका अनुसार चिनियाँ पर्यटकको संख्या अन्य देशको तुलनामा बढिरहेको छ। काठमाडौंका पर्यटकीयस्थल भ्रमण गरी मन्त्री सुगङ बिहीबार स्वदेश फर्कने छन्।

माघ अन्तिमबाट हवाई उडान

प्राविधिक अध्ययन मूल्यांकनको काम समयमै पूरा भए माघ अन्तिममा उडान सुरु गर्ने तयारी नेपाल वायुसेवा निगमले गरेको छ। पर्यटन मन्त्रालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली पक्षले गोन्जाऊ र सांघाईमा निगमको उडान सुरु गर्ने प्रस्ताव राखेको मन्त्री अधिकारीले बताए। ‘हामीले निगमका विमान चिनियाँ सहरमा उडाउने प्रस्ताव राख्यौं’, उनले भने, ‘चिनियाँ पक्ष सकारात्मक देखिएको छ।’ मन्त्रालयले चीनसँग यसअघि नै चीनका मुख्य सहरमा उडान भर्ने प्रस्ताव राखिसकेको छ। नेपाल-चीन हवाई सम्झौताअनुसार अहिलेको अवस्थामा नेपाली वायुसेवा कम्पनीले सातामा ७० वटासम्म उडान गर्न सक्छन्।

नौतले दरबार पुनर्निर्माण तत्काल

छलफलमा नुवाकोटको नौतले दरबार पुनर्निर्माण तत्काल गर्न चिनियाँ मन्त्री सहमत भएको मन्त्री अधिकारीले जानकारी दिए। भूकम्पमा भत्किएका पुरातात्विक महत्वका अन्य सम्पदाको पुनर्निर्माण गर्न अन्य क्षेत्रमा समेत सहयोग गर्ने छलफल भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.