काभ्रेमा आत्महत्या बढ्यो, ३ वर्षमा ३५१ ले ज्यान गुमाए

काभ्रेमा आत्महत्या बढ्यो, ३ वर्षमा ३५१ ले ज्यान गुमाए

बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। बढ्दो आधुनिकीकरण सँगै व्यक्तिमा हुने सामाजिक आर्थिक,मानसिकलगायत विभिन्न समस्याका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेमा भने पछिल्लो तीन वर्षमा ३५१ जनाले आत्महत्या गरेका छन्। भने आर्थिक वर्ष २०७३ र ०७४ मा ९८ जनाले आत्महत्या गरेका छन्। २०७४÷०७५ मा एक सय १६ जनाले झुण्डिएर, विष खाएर,डुवेर  आत्महत्या गरेका एसपी रविराज खड्काले जानकारी दिए।

'आत्महत्या गर्नेहरु अधिकास मानशिक तनाव, बेरोजगारि, अशिक्षा, गरिबी, प्रेममा असफलता, पारिवारीक झै-झगडाको प्रतिशोधका कारण आत्महत्या बढी हुने गरेको छ ।' एसपी खड्काका अनुसार आत्महत्याको प्रमुख कारण कम उमेरमा विवाह गरेका कारण बेमेल हुनु, आर्थिक समस्या, पारिवारिक मनमुटाव र पछिल्लो समय वैदेशिक रोजगारी समेत आत्महत्याको प्रमुख कारण बनेको छ। आत्महत्या १८ देखि ३० वर्ष उमेर समूहका महिला पुरुष रहेका छन् जसमा बढी महिलाले आत्महत्या गरेको पाइएको छ।

अशिक्षा, गरिबी, बेरोजगारी, नैराश्यता, घरेलु हिँसा आत्महत्याका प्रमुख कारण बनेको सरोकारवाला बताउँछन्। 'पछिल्लो समय मानिसमा हुने जैविक, मनोसामाजिक र सामाजिक तनावका कारणले मानिसले आत्महत्या गर्ने गरेका छन्।' धुलिखेल अस्पतालका मानसिक रोग विभागमा कार्यरत डा.अजय रिसालका भन्छन्, 'विभिन्न परिवेशका कारण सृजना भएका समस्या, तत्कालको वातावरण र मनोविज्ञानमा आउने सोचाइ र परिवर्तनले गर्दा मानिसले आत्महत्या गर्ने गर्छन्।'

आत्महत्या गर्नुमा अधुनिकीकरण र वरपरको वातावरणले विशेष प्रभाव पार्ने उनले बताए।समाजमा पछिल्लो समय बढेको आधुनिकीरण र सोचाइले आत्महत्या बढ्दै गएको मनोचिकित्सक बताउँछन्। 'केही वर्ष पहिले आत्महत्या वा भवितव्यका कारण मृत्यु भए पिचाश बन्ने र पित्तृ नतर्ने भन्ने धार्मिक तथा सामाजिक मान्यताका कारण आत्महत्या गर्न डराउँथे तर अहिले त्यो सोचमा परिवर्तन भएको छ।'

सामाजिक मनोपरामर्शकर्ता उर्मीला श्रेष्ठ भन्छिन्, 'बढ्दो आधुनिकीरणसँगै मानिसको इच्छा चाहना आवश्यकता परिपूर्ति गर्न नसक्नु, तनाव झेल्न नसक्ने, व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएको छ।'

उनले थपिन, 'पछिल्लो समय आत्महत्या बढ्दै गएकाले यसको निवाकरणका लागि सरोकार निकाय र सरकारले तत्काल सोच्नुपर्छ र कार्यक्रम अगाडी ल्याउनुपर्छ।' जिल्लामा पछिल्लो समय दैनिकजसो आत्महत्या हुने गरेका छन्। सरकारी तथा गैर सरकारी संस्थाले यसको रोकथामका लागि काम गर्दै आएको बताएपनि घटना र परिस्थितिबारे थप अध्ययन अनुसन्धान हुन नसक्दा आत्महत्या बढ्दै गएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.