समृद्धिको बाटोमा चीनको सहयोग चाहेका छौं : प्रधानमन्त्री

समृद्धिको बाटोमा चीनको सहयोग चाहेका छौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन्। चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो   बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताएका छन्।'समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ, त्यसमा पनि नजिकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौं, 'प्रधानमन्त्री ओलीलाई उधृत गर्दै परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले बताए।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौंदेखिको सम्बन्ध रहेको स्मरण गरे। 'हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं, 'प्रधानमन्त्रीले भने, 'हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं।'

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए। गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए।मन्त्री सुगाङले नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.