ट्रम्पले मनाए दिवाली : हिन्दुलाई बोलाएनन् बुद्धिष्टलाई बोलाए

ट्रम्पले मनाए दिवाली : हिन्दुलाई बोलाएनन् बुद्धिष्टलाई बोलाए

वासिङटन : नेपालमा हिन्दु धर्मावलम्वीले विशेष चाडको रुपमा मनाउने दिपावलीलाई भारतमा त्यस्तै वा केही फरक तरिकाले मनाइन्छ ।

भारतमा यसलाई दिवाली भनिन्छ । भारतका हिन्दु धर्मावलम्वीको महान पर्वको रुपमा मनाइने दिवालीलाई नयाँ वर्षको सुरुवात पनि मानिन्छ । नेपालका हिन्दुले मनाउने दिपावली र भारतमा मनाइने दिवालीका केही भिन्नता भए पनि मूलतः उस्तै चाड हो ।

त्यसो त, नेपालकै मधेस मूलमा दिपावलीलाई दिवाली पनि भनिन्छ । यही पर्वलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (जो ईशाई धर्मावलम्वी हुन्)ले पनि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा धुमधाम साथ मनाए । उनले आफ्नो ट्वीटरमा समेत दिवाली मनाउँदै गरेको तस्बिर नै सार्वजनिक गरेका छन् ।

तर हिन्दुलाई बोलाइएन !
धर्ममा कट्टर नै मानिने अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दु पर्व दिवाली त मनाए, तर त्यहाँ हिन्दु धर्मावलम्वीलाई नबोलाइएको बुझिएको छ । ट्रम्पले ट्वीटरमा बुद्धिष्ट, सिख, जैन धर्मावलम्वीको उपस्थितिमा ह्वाइट हाउसमा दिवाली मनाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘आज हामीले दिवाली मनायौँ । अमेरिका र विश्वभर रहेका बुद्धिष्ट, सिख र जैन धर्मावलम्वीले यो पर्व अवलोकन गरे । लाखौं जनता आफ्नो परिवार र साथीसहित बत्ती बाल्न र नयाँ वर्षको सुरुवात गर्न भेला भएका छन् ।’

ट्रम्पले के हिन्दु धर्मावलम्वीलाई दिवालीमै नबोलाएका हुन् वा ट्वीटरमा उल्लेख गर्दा त्रुटी भएको भन्नेमा भने प्रष्ट छैन । अहिले उनको ट्वीटरको अभिव्यक्तिलाई लिएर थुप्रै टिप्पणी भएको छ । धेरैले ‘हिन्दुलाई चाहीँ किन बोलाइएन ?’ भन्दै सोधेका छन् । जब कि, बुद्धिष्ट धर्मावलम्वीले दवाली मनाउने चलन छैन । ट्रम्पले आफ्नो अघिल्लो ट्वीटमा भने ‘हिन्दुको पर्व दिवाली’ भनेर उल्लेख गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.