पूर्वराजा ज्ञानेन्द्र र प्रकाशमानको ‘जम्काभेट’ ले किन तरङ्गित ?

पूर्वराजा ज्ञानेन्द्र र प्रकाशमानको ‘जम्काभेट’ ले किन तरङ्गित ?

काठमाडौँ : दुई दिनयता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चर्चामा छन् । चर्चाको विषय भने फरक रहेको छ । कांग्रेस नेतृ सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कोइराला परिवारका नेताबीच गुट भेला भएलगत्तै शाह–सिंहबीचको जम्काभेटबारे अनेक अड्कलबाजी काट्न थालिएको छ । 

मण्डिखाटारमा सोमबार बिहान वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसीबीच कांग्रेसभित्रको अवस्थालाई लिएर राजनीतिक वार्ता भएको केही घण्टापछि होटेल सोल्टीमा दुईजनाबीच जम्का भेट भएको हो । 

कांग्रेसभित्र महामन्त्री शशांकले हिन्दूराज्य फर्काउनुपर्ने लाइनमा पार्टीलाई अघि बढाउनुपर्ने अडान लिइरहेका छन् । अर्कातिर सभापति देउवाले पार्टीमा एकलौटी गरेको आरोपसहित मण्डिखाटारमा भेला भएका नेताबीच बलियो गुटको जरुरी रहेको सहमति बनेपछि भएको जम्काभेटलाई धेरैले पूर्वनियोजित भनेका छन् । 

तर नेतृ कोइरालाले दिएको ‘लन्च मिटिङ’ मा सहभागी भएपछि सोल्टीमा एक नातेदारको परिवारको पास्नीमा सहभागी हुन गएका बेला सिंहको जम्काभेट पूर्वराजा शाहसँग हुन पुगेको थियो । 

कसरी भयो भेट ? 

आफू र पूर्वराजा शाहबीचको तस्बिर भाइरल भइरहेका बेला नेता सिंहले भने यो भेटलाई आकष्मिक जम्काभेट मात्रै भनेका छन् । उनले यसलाई विभिन्न कोणबाट व्याख्या गरिनुको कुनै आवश्यकता नरहेको पनि जबाफ दिएका छन् । सिंह पास्नीमा सहभागी हुन सोल्टीमा पुगेका बेला पूर्वराजा शाह पनि त्यहीँ अर्को पारिवारिक जमघटमा सहभागी हुन पुगेका थिए । 

मुन्टो बटार्न मिलेन 

कार्यक्रमबाट निस्कने क्रममा दुवैजनाबीच होटलको लबीमा भेटको बताइएको छ । ‘यो भेटलाई अनेक अर्थ लाउनु जरुरी छैन, केबल जम्काभेट मात्रै हो’, सिंहको भनाइ उद्धृत गर्दै उनका सहयोगी नेविसंघका नेता युपी लामिछानेले भने, ‘म लबीमा निस्किरहेका बेला उहाँले देख्नुभयो, त्यसपछि नमस्कार आदानप्रदान गर्‍यौँ । पहिलेबाटै चिनिरहेको व्यक्तिले बोलाउँदा बोलाउँदै मुन्टो बटारेर हिँड्न पनि त भएन ।’

सिंहका अनुसार भेटका क्रममा केबल नमस्कार आदान प्रदान बाहेक अरु कुनै कुरा भएन । ‘हामी दुईबीच भेटपछि सन्चो बिसन्चो सोधीखोजी भयो’, सिंहको भनाइ उद्धृत गर्दै लामिछानेले भने, ‘जम्काभेटमा त्यो भन्दा धेरै कुरा गर्नुपर्ने विषय पनि थिएन ।’

सिंहले यसो भनिरहँदा दुईजनाबीचेको भेटलाई लिएर कांग्रेस भित्र र बाहिर पनि अनेक टिप्पणी भइरहेका छन् । केबल केही मिनेटको यो जम्काभेटलाई ‘राजतन्त्र फर्काउने कांग्रेसको प्रयास’ भन्दै सामाजिक सञ्जालमा अड्कलबाजी काट्ने क्रम पनि चलिरहेको छ । 

तर मण्डिखाटारमा वरिष्ठ नेता पौडेल र कोइराला परिवारका दोस्रो पुस्ताका सबै नेताहरु ‘लन्च मिटिङ’ पछि भएको ज्ञानेन्द्रसँगको जम्काभेटले प्रकाशमा केही समयलाई चर्चाको केन्द्रमा भने रहनेछन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.