मुलुकको उपलब्धि सुनाउन विदेश भ्रमण अवश्यक : परराष्ट्रमन्त्री

मुलुकको उपलब्धि सुनाउन विदेश भ्रमण अवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं : नेपालको पछिल्लो समय हासिल गरेको उपलब्धि बारेमा विश्वलाई जानकारी दिन र अधिकतम लगानी भित्र्याउन उच्चस्तरको भ्रमण गर्ने नीति सरकारको लिएको खुलासा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका छन्। 

‘हामी आवश्यक ठानिएका अधिकतम भ्रमण गर्नेछौं। अनुदान विश्वबाट कटौटी हुँदै गरेकाले लगानी भित्र्याउन यसप्रकारको भ्रमण र अन्तरक्रिया आवश्यक छ,’ परराष्ट्रमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यतिबेला परराष्ट्र सचिव फ्रान्स र बेलायतको भ्रमणमा हुनुहुन्छ। म जापान र थाइल्याण्ड जाँदैछु।’ भ्रमणको उद्देश्य घुम्ने मात्र होइन त्यहाँ अन्तरक्रियामा सामेल भएर मुलुकको आवश्यकता औँल्याउने हो।’

उनले राष्ट्रपति विद्यादेवि भण्डारी पनि पोल्याण्डको क्याटोविसमा  डिसेम्बर पहिलो साता हुन लागेको जलवायु परिवर्तन सम्बन्धी बैठकमा भाग लिन त्यसतर्फ जान लागेको बताए। 

नेपाल जस्तो मुलुक जलवायुको चपेटामा परेको र यसबाट कसरी नेपालले छुटकारा पाउन सक्छ, यसमा विश्व समुदायले के गर्नुपर्छ भन्ने जस्ता विषय पोल्याण्डमा हुने सम्मेलनमा राष्ट्रपतिले उठाउने उनले बताए। 

त्यसअघि परराष्ट्रमन्त्री ज्ञवाली जापान जान लागेका हुन्। ‘शनिबार म जापान जाँदैछु, त्यसका लगानी बोर्डका अधिकारी  पनि हुनुहुनेछ। टोकियोको अलवा ओशाका पनि पुग्नेछु,’ उनले भने, ‘त्यहाँ नेपाली श्रमिकको अवसर, कृषिमा सहकार्यको पहल गर्नेछु। त्यसपछि थाइल्याण्ड आउने र त्यहाँ पनि उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।’ जापानमा नेपालको पूर्वाधारमा जापानले यसअघि गरेको सहयोग र सहकार्यको समीक्षा गर्दै आउँदा दिनमा गर्ने लगानीको बारेमा छलफल हुने उनको भनाइ छ।

सरकारले जहाँ पनि कूटनीतिक र कर्मचारीको पासपोर्टमा भिसा नचाहिने वा अनअराइभल गरिरहेको अवस्थामा सर्वसाधारणलाई झन् मार पारेको विषयमा सोधिएको जिज्ञासामा उनले भिसा सम्बन्धित मुलुकको अधिकार भएको बताए। 

‘भिसा उनीहरुको अधिकार भएपनि यस विषयमा म उच्चस्तरमा छलफल गर्नेछु,’ उनले भने, ‘अरु मुलुकले के पायो भन्ने भन्दा पनि हामीले हाम्रो बारेमा कुरा गर्ने हो, गर्नेछु।’ 

सरकारले पछिल्लो पटक विदेश भ्रमणलाई नियन्त्रण गर्ने भनिरहेको अवस्थामा यस्तो धारणा सँगसँगै आएको हो। राष्ट्रपति प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण टोली सदस्य सानो हुदैन। यसअघि परराष्ट्रमन्त्रीको टोली सामान्य रहेको भए पनि अहिले उनको टोली लगानी बोर्डसहित र राष्ट्रपतिको टोलीमा सांसदसमेत रहने भएकाले ठूलो हुने स्पष्ट छ। अन्य भ्रमण पनि भइरहेको छ। सबै भ्रमण निकै महत्वपूर्ण नभै निर्णय नभएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए।  

‘मन्त्रालयको आवश्यकताले राईलाई बोलायौं’ 
परराष्ट्र मन्त्रालयमा कुनै पनि विषयमा राम्रो ड्राफ्ट गर्न सक्नेसम्मको  व्यक्ति थोरै भएकाले दक्षिण अफ्रिकाको लागि नेपाली राजदूत अमृत राईलाई सरकारले फिर्ता बोलाएको मन्त्री ज्ञवालीले बताएका छन् । उनको समय तीन महिनामात्र हुँदा पनि किन फिर्ता बोलाइयो भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘उहाँले मन्त्रालयमा विशेष जिम्मेवारीका साथ काम गर्नुहुनेछ । मन्त्रालयको आवश्यकताले उहाँ फर्किनु परेको हो ।’ 

परराष्ट्रका कर्मचारी राजदूतको रुपमा गएका कोही पनि व्यक्तिलाई कुनै पनि समयमा बोलाउन सक्नेसमेत उनले बताए । कसैलाई दुई पक्षीय सम्बन्धमा आवश्यक परेर त कसैलाई प्रशासनमा आवश्यक परेर समेत बोलाउन सकिने उनको भनाइ छ । 

अहिले तीन स्थानमा राजदूत नियुक्तको सिफारिस गरिएको भए पनि छिट्टै सबै स्थानमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए । 

परराष्ट्र उच्चस्रोतका आनुसार स्वीट्जरल्याण्डको डाभोसमा हुने वल्र्ड इकोनोमिक फोरममा भाग लिन प्रधानमन्त्री केपी ओली जाने तयारी छ । त्यहाँ आगामी जनावरी २३ देखि २६ सम्म सम्मेलन हुने हुनाले त्यो समयमा प्रधानमन्त्री ओली त्यसतर्फ जाने तयारी भइरहेको परराष्ट्र उच्चस्रोतको भनाइ छ । तर, प्रधानमन्त्रीको भ्रमणबारे ज्ञवालीले केही बताएनन् । 

परराष्ट्रमा कर्मचारी अभाव 

परराष्ट्रमन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा कर्मचारी अभाव रहेको दाबी गरेका छन् । उनले अन्य मुलुकलाई हेर्दा पनि त्यो पुष्टि हुने भन्दै सबै भन्दा कमजोर झै रहेको परराष्ट्र मन्त्रालयलाई कर्मचारी र रिसोर्सले पूर्ण बनाउनु पर्ने बताए । 

उनले मन्त्रालयको महाशाखादेखि धेरै क्षेत्र परिवर्तन गरेर २१ औं शताब्दी अनुकुल बनाउने बताए । उनले विदेशस्थित नेपाली दूतावासमा भाडा वापत वार्षिक ७५ करोड रकम खेर गइरहेको भन्दै सबै स्थानमा आफ्नै सम्पत्ति जोड्दै जाने बताए । 

थाइल्याण्ड अमेरिकामा भवन खरिद भए लगत्तै अहिले अष्ट्रेलिया, पाकिस्तान, श्रीलंकामा भवन बनाउने प्रक्रिया अघि बढेको बताए । त्यस्तै स्वीट्जरल्याण्ड, जापानमा दूतावास खरिदको लागि पहल भइरहेको पनि उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.