पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन : रत्‍नजित र दीपेश अन्तिम आठमा

पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन : रत्‍नजित र दीपेश अन्तिम आठमा

काठमाडौं : पूर्वराष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्‍नजिततामाङ र एपीएफका दीपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा पुगेका छन्। प्रतियोगिताका लगातार छैटाैं पटकका विजेता तामाङले प्रिक्वार्टरफाइनलमा एपीएफका सुनील जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पराजित गरे।

 यस्तै दीपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१५, २१–१५ ले पाखा लगाए।  यसैगरी नेपाल पुलिस क्लबका विष्णु कटुवाल र नीरविक्रम देवकोटा पनि क्वार्टरफाइनलमा पुगे।  विष्णुले एफीएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा नीरविक्रमले एपीएफकै सुदीप सेढाईंलाई १२–२१, २१–८, २१–१० ले पराजित गरे।  

यसैगरी आर्मीका रुकेश महर्जनले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१४, आर्मीकै नवीन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१७, २१–१६ र सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपीएफकी जेसिका गुरङले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइन्।  जेसिकाले भोजपुरकी सीता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन्।  यस्तै आर्मीकी नङ्सलदेवी तामाङ, अनुमाया राई, रसिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि अन्तिम आठमा स्थान बनाए।  

तामाङले जेस्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३, अनुमायाले जेस्टकै सफी खत्रीलाई २१–५, २१–१०, रसिलाले जेस्टकै मनीषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङकी सीमा राजवंशीलाई २१–१८, १७–२१, २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पाखा लगाए।  बाँकेकी सम्झना शर्माले एपीएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ एपीएफकी शोभा गुरुङले जेस्टकी तारा आलेलाई २१–१८, २१–१३ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

पुरुष युगलतर्फ एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठलाई २१–१२, २१–११ ले पराजित गरे।  यसैगरी पुलिसका दीपक बोहरा र जीवन आचार्यले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठलाई २१–४, २१–१५, बाँकेका इरफान अन्सारी र रियाज अन्सारीले जेस्टका सुजन थापा र राम बानियाँलाई २१–१०, २१–१९, एपीएफका गौतम कठायत र सुनील जोशीले आर्मीका सुरोज महर्जन र पविन लिनथेपलाई २४–२२, २१–१०, आर्मीका रुकेश महर्जन र प्रफुल महर्जनले ललितपुरका सनील शाक्य र सुमन शाक्यलाई २१–९, २१–११, एपीएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढाईंले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनलाई २१–१७, २१–१४, पुलिसका विष्णु कटुवाल र अनिश श्रेष्ठले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनलाई २१–१३, २१–१७ तथा आर्मीका रत्‍नजिततामाङ र नवीन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

यू–१७ मा प्रिन्स दाहालले दाङका सुरज गुप्तालाई २१–५, २१–६ ले पराजित गर्दा कैलालीका जय साउदले चितवनका अलिस थापालाई २१–१५, २१–१२, जेस्टका प्रियान्सुसिंह क्षत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–७, २१–१७, दाङका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७ –२१, २१–१९, २१–१५, कैलालीका अमृत चौधरीले कञ्चनपुरका विवेक चौधरीलाई २१–१८, २१–१५, आर्मीका दिवेश शंकरले नेपालगञ्जका सफल थापालाई २१–१०, २१–१५, कञ्चनपुरका हिमाल चन्दले चितवनका मनीष थापालाई २१–१२, २१–११ त्था जेस्टका पेम्बा शेर्पाले तेह्रथुमका क्षितिज केसीलाई २१–६, २१–१२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

महिला एकलतर्फ जेस्टकी दिमोना केसी र स्मृति राई, कञ्चनपुरकी विष्णा विष्ट, झापाकी अञ्जना राईले पनि अन्तिम आठमा स्थान बनाए । भेट्रान्सतर्फ आर्मीका सुभाष श्रेष्ठ र भूमी गुरुङ, जेस्टका अनुज पौडेल र प्रेम घले, ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकार तथा नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीले पनि क्वार्टरफाइनलमा स्थान बनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.