मेयरकै इँटा उद्योगभित्र गाँजाको कारोवार, भारतीय मजदुर पक्राउ

मेयरकै इँटा उद्योगभित्र गाँजाको कारोवार, भारतीय मजदुर पक्राउ

विराटनगर : मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले संचालन गरेको आनन्द इँटा उद्योगभित्रै लागूऔषध गाँजाको कारोवार हुने गरेको खुलासा भएको छ ।

रंगेली–३ मा रहेको इँटा भट्टामा काम गर्ने केही मजदुरले प्रतिबन्धित गाँजाको कारोवार गर्दै आएको पाइएको हो । पहाडी जिल्लामा अवैध रुपमा उत्पादन हुँदै आएको गाँजा मगाएर मजदुरले इँटाभट्टाबाटै कारोवार गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पछिल्लो बुधबार मात्रै उद्योगभित्रै ल्याएर गाँजा बिक्री गरिरहेको अवस्थामा इँटा भट्टाकै एक भारतीय मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारत बंगाल कुसबीहारका ३० वर्षीय हेमन्त बर्मन विरुद्ध प्रहरीले बुधबार लागूऔषध ऐन अन्तरगतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान बढाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार इँटा उद्योगमै गाँजाको किनबेच हुने गरेको सूचनाका आधारमा छापा मार्दा बर्मनले क्यान्टिनमा लुकाएर राखेको अवस्थामा साँढे दुई किलो गाँजा बरामद भएको हो । ‘एक जनासँग यति धेरै गाँजा बरामद हुनुले कारोवारकै लागि गाँजा ल्याएको प्रष्ट हुन्छ,’ उनले भने । पक्राउ परेका व्यक्ति आनन्द इँटा उद्योगका मजदुर हुन् ।

उद्योगका अन्य मजदुरले पनि गाँजाको कारोवार गर्ने गरेको आशंकामा अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बर्मन लामो समयदेखि पहाडी जिल्लाबाट गाँजा झिकाएर भारतसम्म पु¥याउने धन्दामा समेत संलग्न रहेको खुलेको छ ।

बर्मनले इँटा उद्योगभित्र क्यान्टिन पनि चलाउँदै आएका छन् । बाहिरबाट गोप्य रुपमा गाँजा मगाएर क्यान्टिनमा राख्ने र ग्राहाकलाई बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ । कार्कीले भने, ‘स्थानीय स्तरका गाँजाका ग्राहाक नै त्यहाँ इँटा भट्टामा काम गर्ने मजदुर रहेको पाइयो ।’

यसरी गाउँबाट ल्याइएका केही गाँजा इँटा भट्टामै हुने र खपत हुन नसकेको गाँजा बर्मनले भारततर्फ कटाउने गरेको पाइएको प्रहरीले जनाएको छ । इँटा भट्टाका मजदुरलाई बिक्री गर्दा उनले भरेर गाँजा प्रति चिलिम भारतीय ५० रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ । आनन्द इँटा उद्योग नाम गरेको यस कम्पनी मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाको हो । जहाँ डेढ सय मजदुर कार्यरत छन् ।

उद्योगबाटै गाँजाको कारोवार हुने गरेको पाइएपछि इँटा उद्योगका संचालक एवं रंगेलीका मेयर दिलिप बगडियालाई पनि प्रहरीले सोधपुछ गरेको छ । बगडियाले भने यस विषयमा आफू अनविज्ञ भएको प्रहरीलाई बताएका छन् । उनले भने, ‘उद्योग खोलेको २५ वर्ष भयो । अहिलेसम्म यस्तो धन्दा संचालन भएको थाहै थिएन ।’ उनले अवैध कारोवार गर्नेलाई कानुन अनुसार कारवाही गर्ने र विना कारवाही छुटाउनका लागि प्रहरीलाई कुनै पनि दवाव नदिने पनि बताएका छन् ।

उद्योगमा श्रम शोषण
तर मेयर बगडियाले चलाएको यस उद्योगमा श्रम कार्यालयले केही अघि अनुगमन गर्दा मजदुरमाथि श्रम शोषण गर्ने गरेको पाइएको थियो । बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको नेत्रृत्वमा गरिएको अनुगमनका क्रममा उद्योगले श्रम ऐन लागू नगरिकन मजदुरमाथि शोषण गरिरहेको खुलेको थियो । सञ्जेलले तत्काल श्रम ऐन लागू गरेर मजदुरलाई तोकिएको सुविधा प्रदान गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.