डोल्पा जीप दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

डोल्पा जीप दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

डोल्पा : गत कार्तिक १९ गते जीप दुर्घटनामा परी मृत्यु भएका १० जनाको स्मृतिमा शोकसभा मनाइएको छ ।

डोल्पाको दुनैमा मृतकहरुको ११ औँ दिनको पुण्य तिथिमा उनिहरुप्रति मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो । नागरिक समाजको अगुवाइमा दुनै बजारको वीरेन्द्रचोकमा मृतक १० जनाको फोटोमा माल्यार्पण गरी मैनबत्ती बालेर भापूर्ण श्रद्धाञ्जली अर्पण गरियो । मौनधारण गरी मृतकहरुको आत्मको शान्तिको कामना गर्न सयौंको उपस्थिति थियो ।

दुर्घटनामा बेपत्ता रहेकी अमिना बुढा मगरको तत्काल विशेष प्रविधिको प्रयोग गरेर भए पनि खोजी गर्न नागरिकहरुले जिल्ला प्रशासन डोल्पामा तीन बुँदे माग सहित ज्ञापनपत्र पेश गरेका छन् ।

शसस्त्र प्रहरी बलको टोलीले अझै खोजी गरिरहेको बताएको छ । १९ गतेको जीप दुर्घटना मानवीय क्षतिको हिसावमा डोल्पामै अहिलेसम्म सबैभन्दा ठूलो दुर्घटना हो ।

कार्तिक १९ गते दुनैबाट सूँ पानि जाँदै गरेको भे १ च १६१० नम्बरको जीप कालागौडाको बतासे डाँडामा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक अझै बेपत्ता छन् । दुई यात्रु घाइते छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.